site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मकालु हिमाल आरोहण गरी फर्कने क्रममा एक पर्वतारोहीको मृत्यु
मकालु हिमालको दृश्य । फाइल तस्बिर ।

संखुवासभा । संखुवासभास्थित विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्कने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ । पर्वतारोही सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ का ५४ वर्षीय ल्हाक्पा तेञ्जी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिए ।

मकालु हिमाल आरोहण गरी फर्कने क्रममा मकालु गाउँपालिका–२ र ३ को सिमानामा बेपत्ता भएका शेर्पाको शव शुक्रबार दिउँसो मकालु आधारशिविरमा फेला परेको प्रहरी निरीक्षक जबेगुले बताए । 

यातायात र सञ्चार सेवा नभएका कारण मकालु क्षेत्र भौगोलिक रूपमा विकट मानिन्छ । घटनास्थल सदरमुकाम खाँदबारीदेखि पाँच दिनको पैदल दूरीमा पर्दछ ।

पर्वतारोही शेर्पाको शव मुचुल्कापछि शनिबार सोलुखुम्बु लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १४:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro