site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आसिफ र अनिलले अर्धशतक बनाउँदा अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी 

काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज जित निकालेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ले प्रस्तुत गरेको १७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा चार विकेट गुमाएर भेट्टायो ।

जितका बाबजुद नेपालले शृंखला गुमाएको छ । पाँच खेलको शृंखलामा वेस्ट इन्डिज ३–२ ले च्याम्पियन बनेको हो ।

अन्तिम खेलमा नेपालका अनिल साहले सर्वाधिक ५८ रन बनाए । उनले ४५ बलमा समान चार चौका र चार छक्का प्रहार गरे । १३–१ को अवस्थामा ब्याटिङका निम्ति आएका अनिलले ओपनर आसिफ शेखसँग दोस्रो विकेटका लागि ९६ रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हालेका थिए ।

आसिफले ३५ बलमा दुई चौका र पाँच छक्कासहित ५१ रन जोडे । कुशल मल्लले १८ बलमा तीन चौका र तीन छक्कासहित ३७ रन बनाए । कुशल भुर्तेलल १३ र दीपेन्द्रसिंह ऐरी पाँच रन बनाएर आउट भए ।

वेस्ट इन्डिजका ओबेड म्याकोयले तीन विकेट लिए । म्याथ्यु फोर्डेले एक विकेट हात पारे ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७२ रन बनाएको थियो ।

वेस्ट इन्डिजका एलिक एथानाजेले सर्वाधिक ४२ रनको योगदान गरे । उनले २९ बलमा एक चौका र तीन छक्का प्रहार गरे । कप्तान रोस्टन चेजले २३ बलमा पाँच चौकासहित ३३ रन बनाए । जोन्सन चार्ल्सले २४, म्याथ्यु फोर्डेले २३ र मार्क डेयल र कदिम अलेयनेले समान ११ रन थपे ।

नेपालका सोमपाल कामी र सागर ढकालले समान तीन विकेट लिए । किफायती बनेका सोमपालले चार ओभरमा १६ रन मात्र खर्चिए । अभिनाश बोहराले एक विकेट लिए ।

शृंखलाका यसअघि चारमध्ये तीन खेलमा जित निकाल्दै वेस्ट इन्डिज प्रतियोगिताको च्याम्पियन बनेको हो। पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । त्यसपछि वेस्ट इन्डिजले १०, ७६ र २८ रनको जित निकालेको थियो ।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १५:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro