site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
युवक–किशोरीका विषयमा धनुषामा तनाव : नौ सेल अश्रुग्यास प्रहार, केही प्रहरी घाइते
Sarbottam CementSarbottam Cement

काठमाडौं । धनुषामा बिहीबार (आज) केही बेर तनाव उत्पन्न भयो । औरही गाउँपालिका–१ स्थित सडकखण्ड अवरुद्ध गरेर प्रदर्शनमा उत्रिएका स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेपछि तनाव भएको हो ।

स्थानीयले सडकमा टायर बालेर प्रदर्शन गरेका थिए । सडक खुलाउने क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी रञ्जन अवालले जानकारी दिए ।

“टायर बालेर सडक अवरुद्ध गरिएको थियो, हामीले खुलाउने क्रममा उहाँहरू (प्रदर्शनकारी)ले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरियो,” उनले बाह्रखरीसित भने ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसक्रममा प्रहरीले नौ सेल अश्रुग्यास प्रहार गरेको उनले जानकारी दिए । “प्रहरीको गाडीमा समेत ढुंगामुढा प्रहार गरियो । ढुंगामुढाबाट केही प्रहरी घाइते भएका छन्,” उनले भने ।

उनका अनुसार, प्रदर्शनकारीको ढुंगामुढाबाट नेपाल प्रहरीका दुई र सशस्त्र प्रहरी बलका एक प्रहरी गम्भीर घाइते भएका छन् । अरू केही प्रहरीलाई सामान्य चोट लागेको उनले जानकारी दिए । “अहिले स्थिति सामान्य छ,” उनले भने ।

Global Ime bank

दुई युवकले दुई किशोरीलाई भगाएको र उनीहरूको खोजी गर्नुपर्ने भन्दै केटीपक्षका आफन्तले प्रदर्शन गरेका डीएसपी अवाले जानकारी दिए ।

यही वैशाख ४ गते सो स्थानका दुई युवकले दुई किशोरीलाई भगाएको केटीपक्षको आरोप छ । त्यसबारे केटीपक्षका तर्फबाट प्रशासनमा उजुरी दिइएको थियो । उजुरीपछि प्रहरीले केटापक्षका पाँचजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको उनले बताए ।

“उजुरीपछि मुद्दा अघि बढाइएको छ । ६/७ दिनदेखि उनीहरूलाई थुनेर हामीले कारबाही अघि बढाएका छौँ,” डीएसपी अवाले भने ।

केटीपक्षले किशोरीहरू नाबालिग भएको जनाएको छ । उनीहरूको खोजी गरी सकुशल घर फिर्ता गराउन र युवकहरूलाई कारबाही गर्न माग गरिएको छ । प्रदर्शनमा उत्रिएका केटीपक्षका तीनजनालाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !