site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
योजना छनोटको प्राथमिकीकरणमा सरकार चुक्यो : अध्यक्ष नेपाल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशका योजना छनोटको प्राथमिकीकरणमा सरकार चुकेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय विकास परिषद्को बैठकमा उनले यस्तो बताएका हुन् ।

अर्थ, योजनाविज्ञले विकासका समस्या पहिचान गरी त्यसलाई पहिल्याउन नसकेको उनको ठहर छ । हचुवापाराले काम गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेकामा उनले जोड दिए ।

उनले समस्याको पहिचान गर्ने, अनुसन्धानमा गरिने खर्चले नै योजना प्राथमिकीकरणमा मद्दत पुग्ने बताए । ‘गेम चेन्जिङ प्रोजेक्ट’को छनोट गर्न नसकिएको उनको भनाइ थियो ।

उनले कृषिको व्यापकतामा ध्यान दिएर अघि बढ्न जरुरी रहेको बताए । सिँचाइको राम्रो व्यवस्था, मलको पर्याप्त बन्दोबस्त गर्नुपर्ने, आधुनिक बीउबिजनको व्यवस्था गर्न आवश्यक रहेको उनले औँल्याए । उनले निर्यात प्रवर्द्धन, राजस्व वृद्धि गर्ने विषयमा सरकारले विशेष ध्यान दिन जरुरी रहेको बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ११:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro