अर्थ व्यवसाय

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य २०० रुपैयाँ घटेर कारोबार भएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३५ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार रुपैयाँमा करोबार भएको थियो । बिहीबार तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदी प्रतितोला एक हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ६७० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१ ११:२५
प्रतिक्रिया दिनुहोस्