site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
प्रतीकात्मक तस्बिर ।

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ । रावाबेँसी गाउँपालिका–१ कुभिन्डेस्थित हरम्टारका ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको जलेर मृत्यु भएको हो । 

खेतमा जम्मा भएको झिक्रा तथा पात डढाउन आफैँले बालेको आगो अनियन्त्रित भएर स्थानीय हरमटार मैनाचउर सामुदायिक वनमा सल्केपछि निभाउन खोज्दा श्रेष्ठको जलेर मृत्यु भएको कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले बताए । खोजी गर्ने क्रममा डढेलोले जलेको अवस्थामा शव भेटिएको उनले बताए । 

सामुदायिक वनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन नसकेको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए । डढेलो नियन्त्रण गर्न स्थानीयवासीसँगै प्रहरीसमेत परिचालन गरिएको छ ।

डढेलो रावाबेँसी गाउँपालिकाको कार्यालय हरमटारभन्दा मुनिसम्म सल्केको स्थानीयवासीले बताएका छन् । दश स्थानीय तह रहेको खोटाङमा अधिकांश सामुदायिक वनमा डढेलो लागेको छ । रासस
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  २२:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro