site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हरियो तरकारीको मूल्य किन बढिरहेको छ ?
फाइल तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्ला दिनहरूमा हरियो तरकारीको मूल्य अत्यधिक बढेको छ । सागको मूल्य त झन्डै तीन गुणासम्म बढेको छ ।

कालीमाटी फालफूल तथा तरकारी बजार विकास समितिका अनुसार चमसुरको साग एक महिनाको अवधिमा १८१.४९ प्रतिशतले वृद्धि भएको छ । 

त्यस्तै, टाटे सीमीको मूल्य प्रतिकिलोग्राम १२७.२७ प्रतिशतले बढेको छ । त्यसका साथै घिउ सिमीको मूल्य प्रतिकिलोग्राम १७४.२९ प्रतिशतले बढेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

एक महिना अगाडि चैत ११ गते टाटे सिमी प्रतिकिलो ५५ रुपैयाँमा पाइन्थ्यो भने अहिले एक किलोग्रामको १२५ रुपैयाँ पर्दै आएको छ । त्यस्तै चमसुरको साग प्रतिकिलोग्राम ४५ रुपैयाँ पर्थ्यो । तर, अहिले चमसुरको सागको मूल्य प्रतिकिलो १२६ रुपैयाँ पर्छ । 

अहिले यी तरकारीको मौसन नभएकाले मूल्य बढ्दै गएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । अहिले मौसमी तरकारीहरूको मूल्य भने घटेको उनको भनाइ छ ।

Global Ime bank

“सागपात, सिमी, हरियो धनिया र प्याज जस्ता तरकारीको सिजन सकिएकाले मूल्य बढेको हो,” श्रेष्ठले बाह्रखरीसित भने, “बजारमा ठूलो परिमाणमा हरियो तरकारीहरू नआउँदा मूल्य बढ्नु स्वाभाविक हो । तर, मौसमी तरकारीहरू लाम्चो भन्टा, लौका, तितो करेला, हरियो फर्सी जस्ता तरकारीको मूल्य घटेको पनि छ ।” 

तापक्रम बढ्दै जाँदा र पानी नपर्दा पनि हरियो तरकारीको मूल्य बढेको श्रेष्ठ बताउँछन् । हिउँदे तरकारीको सिजन सकिएकाले मूल्य बढेको उनले बताए । बजारमा माग अनुसार नआएपछि मूल्य बढ्ने उनको भनाइ छ । सिजनको तरकारी बजारमा नआउँदासम्म मूल्यमा असर देखिने उनले बताए । आगामी महिनादेखि हरियो तरकारीको मूल्य घट्ने उनको भनाइ छ । 

तर, कन्य च्याउ, डल्ले च्याउ, बकुला, मेथीको साग ब्रोकाउली, कोइरालो, रातो बन्दा, गान्टेमुला, हरिायो लसुन, हरियो छ्यापी, स्कुस, बरेला, भिण्डी, मटरकोसा, लोकल गाजर, भारतीय रातो आलु जस्ता दैनिक भान्सामा प्रयोग हुने तरकारीको मूल्य भने अत्यधिक बढेको छ । 

तरकारी र फलफूलको एक महिनाअघि र अहिलेको मूल्य

tarakari-1713969452.png

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  २०:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय