site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंमा आजभन्दा मंगलबार र बुधबार ठूलो वर्षाको सम्भावना 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंमा तीन दिन वर्षा हुने सम्भावना रहेको छ । पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहँदा वर्षाको सम्भावना रहेको हो । 

काठमाडौं उपत्यकामा आज पनि वर्षाको सम्भावना छ । “काठमाडौंमा आज पनि वर्षाको सम्भावना छ । बिहान मुख्यतया सफा रहे पनि अपराह्नतिर मौसममा बदली भएर वर्षा हुनेछ,” मौसमविद् सरोज पुडाशैनीले बाह्रखरीसँग भने, “हिजोभन्दा आज ठूलो वर्षाको सम्भावना छ । हिजो काठमाडौंका एकदुई ठाउँमा मात्रै वर्षा भएको थियो । त्यसको तुलनामा आज केही ठूलो र धेरै भू–भागमा वर्षा हुनेछ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौंमा मंगलबार र बुधबार पनि वर्षाको सम्भावना छ । मौसममा बदली हुँदा मंगलबार र बुधबार पनि काठमाडौंमा वर्षाको सम्भावना रहेको उनको भनाइ छ । 

“काठमाडौंमा आजभन्दा पनि भोलि र पर्सि ठूलो वर्षाको सम्भावना छ । भोलि र पर्सि आजभन्दा धेरै भू–भागमा र ठूलो वर्षा हुनेछ,” मौसमविद् पुडाशैनीले भने, “आजसम्म काठमाडौंमा हल्का वर्षाको मात्रै सम्भावना छ । तर भोलि र पर्सि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।” अहिले विकास भएको प्रणाली कमजोर नहुँदासमम वर्षाको सम्भावना रहनेछ । 

Global Ime bank

तीन दिन कुन–कुन प्रदेशमा हुनेछ वर्षा ?

आज काठमाडौंसहित कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

भोलि (मंगलबार) कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।  

बुधबार कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ०७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement