site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपालले जापानमा वाटा ओपन तेक्वान्दो खेल्ने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालको तेक्वान्दो टिमले जापानमा हुने २०औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२४ मा सहभागिता जनाउने भएको छ । जापान वाटाको आयोजनामा हुने सो प्रतियोगितामा अल जापान तेक्वान्दो संघ र ओसाका तेक्वान्दो संघको सहयोग रहनेछ । 

नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले २४ देशको सहभागिता रहने सो प्रतियोगितामा खेल्न १५ सदस्यीय नेपाली तेक्वान्दो टिम बिहीबार जापान प्रस्थान गर्ने जानकारी दिए । सो प्रतियोगितामा साग स्वर्णधारी वीरबहादुर महराले ७४ केजी मुनि, श्रीकृष्ण खड्काले सात केजी मुनि, निरज देउवाले ८७ केजी माथि, चन्द्रबहादुर राना मगरले पाँच केजी मुनि र धनबहादुर तामाङले ६८ केजी मुनि प्रतिस्पर्धा गर्ने छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यसैगरी टार्जन कायात मगर र युकेश थापा मगरले पुम्से अन्डर ३० मा आआप्mनो चुनौती पेस गर्नेछन् । महिलातर्फ सुस्मा श्रेष्ठले यू–६२ र सानी राना मगरले यू–७३ मा खेल्नेछन् । भजिन्द्रबहादुर क्षेत्री पुरुष र विद्या राईले महिला प्रशिक्षकको जिम्मेवारीमा छन् ।

महेश्वर फुयालको नेतृत्वमा रहेको सो तेक्वान्दो टोलीमा टिम म्यानेजरमा रविन कोइराला र अफिसियलमा घनश्याम गौतम छन् । सो प्रतियोगतामा रेफ्रीको भूमिका निर्वाह गर्न खड्का पनि नेपाली तेक्वान्दो टिमसँगै जापान जानेछन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १९:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय