site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
क्यानको बोर्ड बैठक केन्द्रीय सदस्यबाट बहिष्कार 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले बोलाएको बोर्ड बैठकमा विवाद उत्पन्न भएको छ । क्यानले शनिबार राति विश्वकपका निम्ति नेपाली टिम उड्ने तय भएपछि बोर्ड बैठक बोलाएको थियो । 

बोर्ड बैठक होटेल हायातमा बोलाइएको थियो । तर, क्यानका केन्द्रीय सदस्य दुर्गाराज पाठकसँगै अन्य केही पदाधिकारीले टिम विश्वकप खेल्न वेस्ट इन्डिज जाने तय भइसकेपछि बोलाइएको बैठकको औचित्यमा प्रश्न उठाउँदै बहिष्कार गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसअघि क्यानले अघिल्लो दिन बोर्ड बैठक बोलाए पनि अन्तिम समयमा स्थगित गरिएको थियो । अघिल्लो दिन स्थगित गरिएको बैठक राति होटेलमा बोलाइपछि पाठकसँगै केही पदाधिकारीहरूले बहिष्कार गरेका हुन् । 

“नेपाली टिम जाने तय भइसकेपछि तयारीका सन्दर्भमा बोर्ड बैठक किन बोलाइएको हो ? खेलाडी गइसकेपछि बैठक डाकिएको छ, त्यो पनि फाइभ स्टार होटलमा । यो सान्दर्भिक र उचित नभएको हुँदा बैठक बहिष्कार गरेका हौँ,” पाठकले बाह्रखरीसँग भने, “हाम्रो माग क्यानको कार्यालयमा नै बोर्ड बैठक हुनुपर्छ भन्ने हो । हामीले सार्वजनिक बिदाका दिन नभई अन्य दिन क्यानको कार्यालयमै बैठक बोलाउनुपर्ने कुरा राख्यौँ । होटेलमा हुने खर्च प्रदेश र जिल्लामा लगाउन सकेमात्र पनि क्रिकेट विकासमा केही हदसम्म सहयोग पुग्ने थियो ।” 

Global Ime bank

१० वर्षपछि विश्वकपका लागि छनोट भएको नेपाल यस संस्करणको समूह ‘डी’ मा छ । यो समूहमा नेपालसँगै तीन टेस्ट राष्ट्र बंगलादेश, दक्षिण अफ्रिका र श्रीलंकासहित अर्को बलियो एसोसिएट टिम नेदरल्यान्ड्स छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १२:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement