site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
गौरीटारमा पौडी पोखरी र क्रिकेट मैदान निर्माण सुरु 
Sarbottam CementSarbottam Cement

काठमाडौं । लामो समयदेखि अलपत्र बनेको गौरीटार रंगशालामा धमाधम खेल पूर्वाधार निर्माण हुन थालेका छन् । गौरीटारलाई प्रदेश सरकारले आफ्नो गौरवको योजनामा राखेपछि पूर्वाधारहरू निर्माण हुन थालेका हुन् । 

वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गौरीटारमा अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी र क्रिकेट मैदानको शिलान्यास गरेका छन् । २०८२ असार मसान्तभित्र सम्पन्न गर्ने गरी दुवै संरचनाको निर्माण सुरु भएको प्रदेश खेलकुदका सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी दिए । आठ करोड ६३ लाखको लागतमा निर्माण हुने पोखरीमा भीआईपी प्यारापिटसहित २५/५० मिटर र २५/१० मिटरको पौखरी निर्माण हुने छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै ड्रेनसहितको क्रिकेट मैदानको पनि निर्माण सुरु भएको छ । ११ करोड ७४ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानमा स्केरवोर्ड, पाँच वटा पिचसहित ६०० क्षमताको प्याराफिट निर्माण हुने बताइएको छ । निर्माणको शिलान्यास गर्दै प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले निर्धारित समयमै कार्य सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन समेत दिएका छन् । उनले गौरीटारलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताए । देशकै उत्कृष्ट खेल पूर्वाधार गौरीटारमा बनाउने उदेश्यका साथ काम थालेको पनि जम्कट्टेलले बताए । 

केन्द्रीय खेलकुद प्रतिष्ठानका रूपमा विकास गर्ने भन्दै २०६६ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरे पनि गौरीटारमा निर्माणको गति निकै सुस्त थियो । २२ विगाह १८ कठ्ठा १९ धुर क्षेत्रफलमा फैलिएको रंगशालामा हाल प्रदेश सरकारले ट्रयाकसहितको फुटबल मैदान र प्याराफिटको काम अन्तिम चरणमा पुर्‍याएको प्रदेश खेलकुद सदस्यसचिव भण्डारीले जानकारी दिए ।

Global Ime bank

उनका अनुसार रंगशालाभित्र २१ वटा संरचना बन्ने छन् । राष्ट्रिय खेलकुद परिषद्ले दुईवटा कभर्डहल र खेलाडी छात्रावास निर्माण गरेको थियो । त्यसपछि उक्त योजना परिषद्को बजेटमा नपरे पछि वाग्मती प्रदेशले निर्माण कार्य अघि बढाएको हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement