site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपाल हुँदै
Sarbottam CementSarbottam Cement

काठमाडौ । पेरिस ओलम्पिक, २०२४ का लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुने भएको छ ।

आगामी जुलाईदेखि फ्रान्सेली सहरमा ३३औँ गृष्मकालीन ओलम्पिक हुँदै छ । त्यसका लागि अधिकांश खेलको छनोट चरण चलिरहेको छ । टेबल टेनिसका लागि दक्षिण एसियाली छनोट प्रतियोगिता भने नेपालमा आगामी मे १३ देखि २५ सम्म हुने भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

यसै छनोट प्रतियोगितामा भारत र भुटानबाहेक दक्षिण एसियाली राष्ट्र नेपाल, बंगलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् ।

आयोजक अखिल नेपाल टेबल टेनिस संघका अनुसार विश्व वरीयताको शीर्ष आठमा भएकाले भारत छनोटमा सहभागी नहुने भएको हो । प्रतियोगिता संयोजक तेजेन्द्र सिंहका अनुसार प्रतियोगिता नकआउट पद्धतिमा हुनेछ ।

Global Ime bank

छनोट प्रतियोगितामा हरेक देशबाट समान दुई पुरुष र महिलाले प्रतिष्पर्धा गर्नेछन् । नेपालबाट संयोग कपाली, स्यान्टु श्रेष्ठ, नविता श्रेष्ठ र इभाना थापाले चुनौती प्रस्तुत गर्नेछन् । दक्षिण एसियाली छनोटबाट समान एक पुरुष र महिला खेलाडीले फ्रान्सको पेरिसमा हुने ओलम्पिक खेल्न पाउने संघले जनाएको छ । नेपालले पहिलोपटक टेबल टेनिसको ओलम्पिक छनोट आयोजना गर्न लागेको हो ।

छनोट प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुँदै छ । प्रतियोगिताका लागि करिब १० लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

टेबल टेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले भारतको सहभागिता नहुँदा नेपाललाई फाइदा पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार भारत नहुन ओलम्पिकमा छनोट हुने सबैभन्दा ठूलो अवसर पनि हो । साथै प्रशिक्षक कपालीले नेपालका चारै खेलाडी दाबेदार रहेको पनि दाबी गरेका छन् ।

तर, उनले श्रीलंकासँग भने कडा प्रतिस्पर्धा हुने पनि बताए । हाल अस्ट्रेलियामा रहेका स्यान्टु केही दिनमा नेपाल आइपुग्ने कपालीले उल्लेख गरेका छन् । नेपालबाट अहिलेसम्मका दुई खेलाडीले मात्र छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement