site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सहकारी प्रकरण उचालेर कांग्रेसले मलाई फसाउन खोज्यो, राजीनामा दिन्नँ : रवि लामिछाने
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले माग्दैमा आफूले पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेले सहकारी पीडितहरूको समस्या समाधान गर्न भने आफू तयार रहेको दोहोर्‍याए ।

Prabhu Bank
Agni Group
NIC Asia

बुधबार इलाममा आयोजित चुनावी सभामा उपप्रधानमन्त्री लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणका भ्रष्टमाथि कारबाही गर्न नसक्ने कांग्रेसले राजीनामा माग्दैमा आफूले दिने अवस्था नरहेको बताए ।

उपप्रधानमन्त्री लामिछानेले कांग्रेसले आफूलाई गलत देखाउन सहकारी गठी प्रकरणलाई उचालेको आरोपसमेत लगाए । कांग्रेसले सहकारी पीडितको समस्या भने समाधान गर्न नचाहेको उनको जिकिर थियो ।

Global Ime bank

"के मैले कांग्रेसले भनेर राजीनामा दिनुपर्ने ? कांग्रेस, जो नेपाली जनतालाई नक्कली भुटानी बनाएर बेचेको आरोपमा जेल गएर आयो, उसलाई केन्द्रीय नेताबाट निकाल्न सक्दैन । अनि उसले भनेर मैले राजीनामा दिने ? मेरो पार्टीमा त इतिहास छ । प्रमाणित भएको पनि होइन । त्यो अडियो मेरै हो भनेर सांसदले स्वीकार गरिसके त्यसको ७२ घण्टामा कारबाही गर्ने पार्टी सभापति हुँ म । हेक्का रहोस् । म भ्रष्टहरूलाई वरपर लिएर बसेर फ्रन्ट रोमा बसेर अख्तियारमा झन्डा हल्लाउँदै बयानका लागि जाने पार्टीको सभापति होइन," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १९:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय