site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीले वास्ता नगरेको उपचुनाव : इलाम गएनन्, गठबन्धनलाई पनि भोट मागेनन् !
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत इलाम–२ को उपनिर्वाचनमा सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) ले उमेदवार उठाएन । 

उसले सत्ता साझेदार ठूलो दल नेकपा (एमाले) का उमेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्‍यो । अर्थात् सत्तासाझेदार दुई दलले मात्रै चुनावी तालमेल गरे । 

यसअघि सत्ता गठबन्धनले चुनावमा पनि साझा उमेदवार उठाउने गरेको थियो ।  तर, यसपटक सत्ता सहकार्य गरिरहेका दलहरु उपचुनावमा जमेनन् । एकमत नहुँदा छुट्टा–छुट्टै उमेदवार बनाए । 

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मिलन लिम्बुलाई मैदानमा उतार्‍यो । एकीकृत समाजवादीले जीतबहादुर राईलाई उमेदवार बनाएको छ ।  त्यस्तै सत्तासाझेदार दल जनता समाजवादी पार्टी (जसपा) ले स्वतन्त्र उमेदवार डकेन्द्र थेगिमलाई समर्थन गर्‍यो ।
 
प्रधानमन्त्रीलाई नलागेको चुनाव 
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई यसपटक उपनिर्वाचनले छोएको देखिएन ।  निर्वाचनमा पार्टीका उमेदवार खडा नगरेका प्रचण्ड चुनावी सभामा पुगेनन् । 

एमाले अध्यक्ष ओली भने दुईपटक इलाम पुगे । उनी वैशाख ५ गतेको चुनावी सभामा पुगेको थिए । बुधबार चुनावी मैझारोका लागि ओली चुलाचुली पुगेका हुन् । 

Global Ime bank

वैशाख १५ गते बझाङ १ को ‘क’मा पनि उपनिर्वाचन हुँदैछ ।  बझाङको उपनिर्वाचनमा भने एमाले–माओवादीबीच तालमेल भएन । एमालेबाट दमन भण्डारी र माओवादीबाट जनक बूढा उमेदवार रहेका छन् ।

पार्टीका उमेदवार हुँदा पनि प्रधानमन्त्री उपनिर्वाचनका क्रममा बझाङ पुगेनन् ।  अघिल्लो ०७९ वैशाख १० गते चितवनमा भएको निर्वाचनमा तत्कालिन नेपाली कांग्रेसहितको गठबन्धनले चुनावीसभा गरेको थियो । जसमा पार्टीका उमेदवार नहुँदा पनि प्रचण्ड पुगेका थिए । 

माओवादी कार्यलयका मुख्यसचिव तथा कोषाध्यक्ष श्रीराम ढकालले कार्यव्यस्थताका कारण चुनावी कार्यक्रममा लागि नगएको बताए । “उहाँ कार्यव्यस्थताले नजानुभएको होला,” उनले भने । 
एमालेका प्रचारविभाग प्रमुख राजेन्द्र गौतमले प्रधानमन्त्री आउने कार्यक्रम नरहेको बताए ।

“प्रधानमन्त्री आउने कुरा थिएन,” उनले भने । 

माओवादीबाट प्रदेश इन्चार्ज तथा पार्टीका उपमहासचिव हरिबोल गजुरेल  इलामको चुनावी सभामा सहभागी छन् । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले माओवादीले इलाम–२ मा पार्टीले नेम्वाङलाई जिताउन आह्वान गरेको र पार्टीका नेताहरु खटिएकाले प्रधानमन्त्री नगएको बताए ।  

“प्रधानमन्त्री चुनावीसभामा जाँदा निर्वाचन आयोगको अनुमति लिएर पनि जानुपर्ने भएकाले पनि हो,” उनले भने, “पार्टीले इलाममा संयुक्त उमेदवार नेम्वाङलाई जिताउन आह्वान गरेको छ । पार्टीको पंतिm सहभागी छ ।”
उनले बझाङमा पार्टीका नेताहरु परिचालित भएकाले पनि प्रधानमन्त्री सहभागी नभएको सुनाए । 

उता, सरकारका उपप्रधानमन्त्री तथा रास्वपाका सभापति रवि लामछिाने भने पार्टीका उमेदवारलाई जिताउन इलामका सभामा व्यस्त बनेका थिए ।  यस्तै, प्रतिपक्षी कांग्रेसले प्रतिपक्षी नेपाली कांग्रेसले भने इलाम–२ मा डम्बरबहादुर खड्कालाई र बझाङमा अभिषेक सिंहलाई उमेदवार बनायो । 

यसपटक चुनावी सभामा शीर्ष नेता नजाने नै निर्णय भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय