site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जसपालाई बाहिरै राखेर लुम्बिनीका मन्त्रीहरूलाई विभागीय जिम्मेवारी 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । लुम्बिनी प्रदेशका विनाविभागीय मन्त्रीहरूलाई मुख्यमन्त्री जोखबहादुर महराले जिम्मेवारी तोकेका छन् । सरकारबाट बाहिरिएको जसपाको स्थान भने खाली राखिएको छ । जसपाबाहेकबाट बनेका सात विनाविभागीय मन्त्रीलाई आजै मुख्यमन्त्री महराले जिम्मेवारी तोकेका हुन् । 

एमालेबाट मन्त्री बनेका भूमिश्वर ढकाललाई सहरी विकास तथा खानेपानी, दिनेश पन्थीलाई आन्तरिक मामिला, कानुन तथा सञ्चार, अर्जुन केसीलाई वन तथा वातावरण मन्त्रालयमा र रत्नबहादुर खत्रीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, नागरिक उन्मुक्तिबाट मन्त्री बनेका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास तथा यातायात, स्वतन्त्र सांसद खड्ग बस्नेतलाई पर्यटन उद्योग तथा सहकारी र एकीकृत समाजवादीकी भगवती अधिकारीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी तोकिएको छ । 

यसअघि नै एमालेका चेतनारायण आचार्यले अर्थ र माओवादीका दीपेन्द्र पुनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय भने मुख्यमन्त्री महराले आफैसँग राखेका छन् । जनता समाजवादी पार्टीका भण्डारीलाल अहिरले कृषि तथा भूमि व्यवस्था मन्त्रीबाट राजीनामा दिए पनि स्वीकृत नभएको भन्दै त्यो मन्त्रालय उनकै नाममा राखिएको छ । दुई मन्त्रालय दिने लिखित सहमति मुख्यमन्त्री महराले पालना नगरेको भन्दै मन्त्री अहिरले राजीनामा दिइसकेका छन् । 

Global Ime bank

लुम्बिनीमा माओवादी केन्द्रका महरा मुख्यमन्त्री भएपछि भागवण्डा मिलाउन मन्त्रालय फुटाएर ११ पुर्‍याएका हुन् । यसअघि लुम्बिनीमा १० मन्त्रालय रहेका थिए । एमाले, माओवादी, नागरिक उन्मुक्ति, जसपा, एकीकृत समाजवादी गरी पाँच राजनीतिक दलका ४७ र स्वतन्त्र सांसद एकजना गरी ४८ प्रदेशसभा सदस्यको समर्थन छ । जसपाले समर्थन फिर्ता लिएपनि सरकार ढल्ले अवस्था छैन । पर्यटन, उद्योग तथा सहकारीमन्त्री बनेका स्वतन्त्र सांसद भण्डारीले केही समयपछि पदभार सम्हाल्ने तयारी भइरहेको जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय