site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–६ फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका पाँच जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

अचानक आएको हावाहुरीको कारण डबल प्याडल बोटमा बोटिङ गरिरहेका काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्ने ३० वर्षीय विक्रम मिकरानी, २६ वर्षीया आशिफा भानु, ५४ वर्षीया अनैजा दिल शाह, आठ वर्षीया रजिना खातुन र करिब डेढ वर्षीया मिरा रानी फेवाताल नजिकै रहेको माछा पालन केन्द्रको जालमा अड्किएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

दुर्घटनालगत्तै नम्बर २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यू वाच टावरमा खटिएको विपद् व्यवस्थापनसहितको टोलीले उनीहरूको तत्कालै सकुशल उद्धार गरेको हो । दुर्घटनामा परेकाहरूको अवस्थामा भने सामान्य रहेको छ । 

यसअघि गएको चैत २९ र २५ गते पनि फेवातालमा अचानक आएको हावाहुरीका कारण डुंगा पल्टिएको   थियो । दुर्घटनामा परेका एक पुरुष र महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  २०:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement