site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आगलागीमा करोडौँको क्षति
फाइल तस्बिर ।

बरहथवा (सर्लाही) । सर्लाहीको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँमा भएको आगलागीबाट करोडौँको क्षति भएको छ । जिल्लाको दक्षिण पश्चिम स्थितमा भीषण आगलागी भएको थियो । आगलागीबाट स्थानीयको ६१ घरसहित लत्ताकपडा, अन्नपात, नगद र अन्य सरसामग्रीसमेत नष्ट हुँदा दुई करोड १५ लाख बराबरको क्षति भएको बताइएको छ  । 

नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थितिमा क्षतिको विवरण आकलन गरिएको थियो । आगलागीबाट ५७ स्थानीयको घर पूर्णरूपमा खरानी भएको र चारजनाको पक्की घरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

आगलागीबाट स्थानीयको दुई मोटरसाइकल, एउटा ट्याक्टर समेत जलेको छ ।  विष्णु–१ का शत्रुधन राउतको घरबाट सुरु भएको आगोले चन्देश्वर राउत, सामबाबु राउत, जिगिन्द्र राउतलगायत गरी ५७ घर नष्ट भएको प्रहरीले जनाएको छ ।  

बिहीबार दिउँसो लागेको सो आगो रातिमात्र पूर्णरूपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट भर्खरै खेतबाट ल्याएर भित्राएको सयौँ क्वीन्टल गहुँ तथा घरमा भण्डारण गरेर राखेको अन्य अन्नपात मात्रामा नष्ट भएको छ । आगलागीले क्षण भरमै राउत गाउँ खरानी भएको थियो । 

तीब्र हावा तथा घरमा रहेका सिलिण्डर ग्यास विस्फोटले गर्दा आगो गाउँमा फैलिएको जनाइएको छ । यस्तै आगलागी लगतै पीडित परिवारलाई पालिकाले नजिकैको विद्यालयमा सामूहिक भोजनको व्यवस्था गरेको छ । 

पीडितका लागि तत्काल विभिन्न संघसंस्थाको सहकार्यमा त्रिपाल, केही भाडावर्तन, ओड्ने ओछ्याउने लगायतका सामग्री वितरणको तयारी गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत सञ्जिव सापकोटाले जानकारी दिए । पीडितको दीर्घकालीन व्यवस्थापनको लागि कार्यपालिका बैठकले निर्णय गर्ने उनको भनाइ छ । रासस

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro