site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
प्रकाश दाहाल स्मृति भलिबल प्रतियोगिता वैशाख २२ देखि 
Sarbottam CementSarbottam Cement

काठमाडौं । ललितपुर–प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा वैशाख २२ गतेदेखि प्रकाश दाहाल स्मृति वाग्मती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

प्रतिष्ठानले मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै ललितपुरको महांकाल गाउँपालिकामा आयोजना हुने प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको जनाएको हो । वैशाख २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको संयोजक डोल्मा माया गोलेले गरेकी छन् । प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्नका लागि जिल्ला, पालिका र वडा तहमा विभिन्न समितिहरु गठन गरिएको जानकारी दिइन् । प्रतियोगिताको ललितपुर जिल्ला खेलकुद विकास समितिले सह–आयोजक रहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र वाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहयोग छ । यसैगरी नेपाल भलिबल संघको प्राविधिक सहयोग रहेको छ । प्रतियोगितामा प्रदेशभरका ११९ पालिकामध्ये ५० पालिकाबाट सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

कुल पुरस्कार राशि १२ लाख रुपैयाँ रहेको प्रतियोगिताको विजेतालाई तीन लाख, उपविजेतालाई दुई लाख तथा तृतीय हुने दुई टिमलाई एक लाख रुपैयाँ प्रदान गरिने छ । साथै उत्कृष्ट प्रशिक्षक तथा खेलाडी पाँचजनालाई जनही ५० हजार रुपैयाँ पुरस्कार रहेको आयोजकको भनाइ छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  २०:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement