site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
स्वर्णिम वाग्लेको प्रश्न- कांग्रेसले कस्तो राजनीति गर्दै छ ?
फाइल तस्बिर

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले कांग्रेसको राजनीतिक चरित्रमाथि प्रश्न उठाएका छन् ।मंगलबार इलामको चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले इलाम क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनमा कांग्रेसले भेषराज आचार्यलाई टिकट नदिएर कस्तो राजनीति गरेको भन्दै  प्रश्न गरेका हुन् । 

‘कांग्रेसले पनि शिक्षित इमानदार सबैलाई मिलाउन सक्ने भेषराज आचार्यलाई टिकट दिँदैन भने कस्तो राजनीति गर्दै छ ? इलाम बजारमा मेरा पुराना कांग्रेस साथीहरूले सुनाउँछन् भेषराज चुनाव लडेको भए परिस्थिति अर्कै बन्थ्यो, कांग्रेसले कस्तो राजनीति गर्दै छ ?,” उनले भने ।

Dabur Nepal
NIC Asia

दशकौँदेखि मागेको काम सय दिनभित्र गरेर देखाउने दाबी गरेका उनले राजनीति महंगो बनाउँदा भ्रष्टाचार बढेको बताए ।  “चुनाव लडेर संसद छिर्दा सांसदले करोडौं ऋण बोक्नुपर्छ । यसले भ्रष्टाचार बढायो,” वाग्लेले भने, “अन्य क्षेत्रमा स्थापित नहुने, इमानको पेसा नगरेका, जागिर समेत नखाएकाहरूको आम्दानीको स्रोत के हो ? कमाउ धन्दा राजनीति बन्दा विकास भएन ।’ 

एमालेबाट उमेदवार बनेका सुहाङ नेम्वाङ बुबा सुवास नेम्वाङकाे ब्याज खान आएको टिप्पणी गर्दै वाग्लेले भने, “राजाको छोरा राजा हुन्छ, वंशवाद मान्दैनौँ, परिवारवाद मान्दैनौँ भनेर लडाइँ लडेका सुवास नेम्वाङ, अहिले उहाँकै पुत्र उमेदवार बनेर त्यसैको ब्याज खान आउनुभएको छ । यो कस्तो राजनीति ?” पहिचान अनुहारले मात्र नदिने भन्दै उनले सोच पनि चाहिने बताए ।  
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १३:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro