विदेश
क्लालालम्पुर । रोयल मलेसियन नाभी परेडका क्रममा दुई हेलिकोप्टर आकाशमा आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।
मलेसियन सहर लुमुटमा मंगलबार भएको सो दुर्घटनामा हेलिकोप्टरमा सवार सबैको मृत्यु भएको हो । रोयल मलेसियन नाभीले उनीहरूको पहिचान खुलाउनका लागि स्थानीय अस्पतालमा लगिएको छ । दुर्घटनाको कारण पत्ता लगाउनका लागि छानबिन समिति बनाइने नाभीले जनाएको छ ।
समाचारमा जनाइएअनुसार दुईमध्ये एक हेलिकोप्टर स्थानीय ट्रयाकमा खसेको थियो भने दोस्रो स्थानीय स्वीमिङ पुलमा खसेको थियो । बीबीसी
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१ १२:४०
प्रतिक्रिया दिनुहोस्