site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कतारका अमिरको सुरक्षा व्यवस्थाको कमान्ड सेनाले गर्ने, यस्तो छ योजना
फाइल तस्बिर : एपी ।

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको दुईदिने नेपाल भ्रमणका निम्ति चारवटै सुरक्षा निकायले सुरक्षा व्यवस्था कडा पारेका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)ले आ–आफ्नो सुरक्षा योजना बनाएका हुन् ।

त्योबाहेक चारवटै सुरक्षा निकायले छुट्टै एकीकृत सुरक्षा योजनासहित काठमाडौंको सुरक्षा व्यवस्था कडा पारेका छन् । एकीकृत सुरक्षा योजनाको कमान्ड नेपाली सेनाका बलाधिकृत रथी अशोक सिग्देलको नेतृत्वमा तयार पारिएको छ । सिग्देल प्रधानसेनापतिपछिका दोस्रो तहका सैनिक अधिकारी हुन् । उनको कमान्डमा रहेको उच्च तहको सुरक्षा समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त महानिरीक्षक (एआईजी) छन् ।

सिग्देलकै कमान्डको टोली अमिरको भित्री सुरक्षा घेरामा राखिनेछ । जसमा सैनिक मात्र रहने स्रोतको भनाइ छ । अमिर हिँड्ने सडकदेखि हरेक भेटघाट र कार्यक्रमस्थलको पहिलो सुरक्षा घेरामा समेत नेपाली सेना नै रहनेछ ।

जिल्ला सुरक्षा समितिले पनि अमिर थानीको सुरक्षाका निम्ति आफ्नो छुट्टै विशेष सुरक्षा योजना बनाएर काम गरिरहेको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने अतिविशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन समन्वय समितिमा चारै सुरक्षा निकाय र ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू सदस्य छन् ।

अमिर थानीको भ्रमणदलमा कतार सरकारका १० मन्त्री समेत हुनेछन् । अमिरको स्वागतका निम्ति राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमै पुग्ने तयारी छ ।

३० मिनेटअघि नै विमानस्थल बन्द
अमिर थानी सवार विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि नै विमानस्थल ३० मिनेटका लागि पूर्ण रूपमा बन्द गरिनेछ । उनी अपराह्न करिब साढे ४ बजे काठमाडौं आइपुग्नेछन् ।

आफ्नै निजी विमानमार्फत आउन लागेका अमिर विमानस्थलबाट ज्ञानेश्वर, नक्साल हुँदै शीतलनिवासस्थित राष्ट्रपतिको कार्यालय जाने कार्यक्रम छ । त्यसपछि उनी होटेल सोल्टी पुग्नेछन् । सोल्टी होटेलमै विभिन्न विशिष्ट व्यक्तिहरूसँग शिष्टाचार भेटघाट र रात्रिभोजको आयोजना राखिएको छ ।

अमिर हिँड्ने रुटमा तालिमप्राप्त कुकुरदेखि ड्रोन र रुटभरि सैनिकसहितको टोली खटाइनेछ । उपत्यका प्रहरी कार्यालयका एसपी अवदेश विष्टले नागरिकलाई असहज नहुने गरी सुरक्षा व्यवस्था मिलाइएको बताए ।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १२:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro