site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
मुश्लिमप्रति मोदीको ‘हेट स्पिच’ को आरोप !
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबारको एक चुनावी र्‍यालीमा मुश्लिम विरोधी अभिव्यक्ति दिएको भन्दै विवाद उत्पन्न भएको छ । 

जसलाई मुश्लिम विरोधी घृणाको अभिव्यक्ति(हेट स्पिच)को नाम दिइएको छ ।  उनको अभिव्यक्तिलाई लिएर विपक्षी पार्टी र मुश्लिम संगठनहरुले आपत्ति जनाएका छन् ।  भारतमा अहिले लोकसभाका लागि निर्वाचन जारी रहेको छ । 

यही अप्रिल १९ तारेखमा पहिलो चरणको निर्वाचन भएकोमा जुन १ मा सातौं चरणको निर्वाचन सम्पन्न भएपछि लोकसभा निर्वाचनको परिणाम आउनेछ । यो निर्वाचनमा मोदीसँग सम्बन्धित दल भारतीय जनता पार्टी तेस्रो कार्यकाल सरकार चलाउने दौडधूपमा रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

ठूलो भीडका बीच आइतबार पश्चिमी राजस्थानमा बोल्दै मोदीले यदि विपक्षी कांग्रेसलाई सत्तामा आउन मत दिएमा उसले देशको सम्पति घूसपैठ गर्ने र बढी बच्चा हुनेहरुलाई बाँड्ने आरोप लगाएका थिए ।

यसको मतलब उनले मुश्लिमलाई संकेत गरेका थिए ।

Global Ime bank

जब उनीहरू (कांग्रेस) शक्तिमा आउँछन् उनीहरुले मुश्लिममा स्रोतको सबै अधिकार छ भन्छन् । उनीहरुले तपाईंको सबै सम्पति जम्मा गर्छन् र धेरै बच्चा हुनेलाई त्यो बाँड्छन् । उनीहरुले घूसपैठियाहरुलाई त्यो बाँड्छन’ मोदीले भनेका थिए ।

“के तपाईं चाहनुहुन्छ तपाईंले कडा मेहनेत गरेर कमाएको पैसा घूसपेठियालाई जाओस् ? के तपाईं त्यो स्वीकार गर्नु हुन्छ ?,” मोदीको प्रश्न थियो । 

त्यसको जवाफमा विपक्षी कांग्रेसले प्रधानमन्त्रीले घृणाको बीउ रोप्ने काम गरेको आरोप लगाएको छ ।  प्रधानमन्त्री मोदीले सो अवसरमा कांग्रेस पार्टीले महिलाहरूको सुनको हिसाब गरेर त्यसलाई बाँड्न चाहेको समेत बताए ।

“हाम्रो आदिवासी परिवारमा चाँदी हुन्छ, त्यसको हिसाब लगाइनेछ । जो बहिनीहरुको सुन छ, जुन सम्पत्ति छ यसको समान रुपमा वितरण गरिनेछ । के तपाईंलाई मन्जुर छ ? तपाईंको सम्पत्ति सरकारले लिने अधिकार छ ? के तपाईंले कमाएको सम्पति सरकारलाई हडप्ने अधिकार छ ?,” मोदीले भनेका थिए ।

कांग्रेस नेता राहुल गान्धीले भने पहिलो चरणमा निराशा हात लागेका कारण प्रधानमन्त्रीको झूठको स्तर यति गिरेको छ कि अब उनी जनताको मुद्दालाई भड्काउन चाहिरहेका छन् भनेका छन् । सीएनएन
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement