site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
‘स्ट्रिट गेम्स’ खुला व्यायाम प्रतियोगिता वैशाख १५ मा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली युथ फिटनेस एन्ड केलिसथेनिक्सको आयोजनमा हुने ‘स्ट्रिट गेम्स’ खुला व्यायाम प्रतियोगिता वैशाख १५ गते हुने भएको छ । काठमाडौंको बौद्धस्थित वाग्मती नगर पार्कमा हुने प्रतियोगितामा कुल २५० भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

वर्ल्ड पावरलिफ्टिङ र युरोपियन स्ट्रिट लिफ्टिङ महासंघबाट मान्यता पाएको यस प्रतियोगितामा सर्किट र बार गरी दुई विधा समावेश गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगिताको सर्किटतर्फ खुला महिला पुरुष, जुनियर (१९ वर्ष मुनि), पुरुष मास्टर्स ४५ वर्षमाथि र महिला मास्टर्स ४० वर्षमाथि गरी पाँच समूहमा र बारतर्फ खुला महिला पुरुष बार, जुनियर (१६ वर्ष मुनि) गरी तीन समूह समावेश छ ।

प्रतियोगिताको सर्किट र बार विद्यातर्फ प्रत्येक समूहका विजेताले २० हजार, उपविजेताले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी प्रत्येक समूहमा शीर्ष पाँचसम्म रहने खेलाडीको अंकका आधारमा एक टोलीलाई ‘स्ट्रङेस्ट क्लब’ घोषणा गरिने आयोजकले जनाए ।

Global Ime bank

बजाज पल्सरसँगको सहकार्यमा हुने लागेको यस प्रतियोगिताको अनुमानित बजेट २५ लाख ५० हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement