site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एल क्लासिको : रियालको जितमा बेलिंघम निर्णायक 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पाँच गोलको रोमाञ्चक ‘एल क्लासिको’ मा लिग लिडर रियाल मड्रिडले चिर(प्रतिद्वन्द्वी बार्सिलोनाविरुद्ध ३–२ को जित निकालेको छ ।

आइतबार राति सान्टियागो बर्नबेउमा भएको खेलमा घरेलु टिमलाई जित दिलाउन भिनिसियस जुनियर, लुकास भाजक्वेज र जुड बेलिंघमले गोल गरे । बार्सिलोनाका आन्द्रियास क्रिस्टिन्सन र फेर्मिन लोपेजले गोल गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलमा सुरुआती अग्रता भने बार्सिलोनाले बनाएको थियो । छैटौँ मिनेटमा क्रिस्टिन्सनको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । तर, १८औँ मिनेटमा भिनिसियस जुनियरले पेनाल्टीमार्फत गोल फर्काउँदै घरेलु टिमलाई बराबरीमा ल्याएका थिए । 

६९औँ मिनेटमा लोपेजको गोलमा पुनः बार्सिलोनाले २–१ को अग्रता बनाएको थियो । तर, त्यसको चार मिनेटपछि नै भाजक्वेजले गोल गर्दै रियाललाई खेलमा फर्काए । यस्तै, इन्जुरी समयमा बेलिंघमले निर्णायक गोल गरेपछि रियालले ३–२ को रोमाञ्चक जितसहित तीन अंक निश्चित गरेको हो । 

Global Ime bank

जितसँगै शीर्ष स्थानको रियालले ३२ खेलबाट ८१ अंक जोडेको छ । जुन दोस्रो स्थानको बार्सिलोनाको भन्दा ११ अंक धेरै हो । दोस्रो स्थानको बार्सिलोनाले समान खेलबाट ७० अंक जोडेको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ०८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement