site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बेंगलुरुविरुद्ध कोलकाता एक रनले विजयी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्सर्ज बेंगलुरुविरुद्ध एक रनको रोमाञ्चक जित निकालेको छ ।

आइतबार इडेन गार्डेनमा सम्पन्न खेलमा कोलकाताले प्रस्तुत गरेको २२३ रनको लक्ष्य पछ्याउने क्रममा बेंगलुरुले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै २२१ रन बनाउन सक्यो ।

बेंगलुरुलाई जितका लागि अन्तिम ओभरमा २१ रन आवश्यक थियो । अन्तिम ओभरको पहिलो, तेस्रो र चौथो बलमा छक्का प्रहार गरेपछि जितका लागि अन्तिम दुई बलमा तीन रनमात्र आवश्यक थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, पाचौँ बलमा तीन छक्का प्रहार गरेका मिचेल स्टार्क आउट भएपछि बेंगलुरुमाथि दबाब थपिएको थियो । अन्तिम बलमा तीन रन आवश्यक हुँदा लकी फर्गुसन एक रन जोड्दै रनआउट भएपछि कोलकाताले एक रनको रोमाञ्चक जित निकालेको हो ।

बेंगलुरुका विल ज्याक्सले ३२ बलमा पाँच छक्का र चार चौकासहित सर्वाधिक ५५ रन बनाए । रजत पाटिदारले २३ बलमा पाँच छक्का र तीन चौकासहित ५२, दीनेश कार्तिकले २५, सूर्यान्श प्रभुदेसाइले २४, कर्ण शर्माले २० र विराट कोहलीले १८ रन बनाए ।

Global Ime bank

कोलकाताका आन्द्रे रसेलले तीन विकेट लिए । हर्षित राना र सुनिल नारायणले समान दुई विकेट लिदा मिचेल स्टार्च र वरुण चक्रवर्तीले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२२ रनको योगफल तयार पारेको थियो । 

कोलकाताका लागि कप्तान श्रेयस अय्यरले ३६ बलमा सात चौका र एक छक्कासहित ५० रन बनाएका थिए ।

फिल साल्टले ४८, अन्द्रे रसेलले अविजित २७, रमनदीप सिंहले अविजित २४, रिंकु सिंहले २४, वेङ्कटेस अय्यरले १६ र सुनिल नारिनले १० रन बनाए ।

बेंगलुरुका यश दयाल र क्यामरुन ग्रिनले समान दुई विकेट लिए । मोहम्मद सिराज र लोकी फर्गुसनले एक–एक विकेट लिए ।

जितसँगै सात खेलबाट १० अंक जोडेको कोलकाता दोस्रो स्थानमा उक्लिएको छ । आठ खेलबाट दुई अंक जोडेको बेंगलुरु तालिकाको पुछारमा छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  २०:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement