site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सहिद स्मारक ’सी’ डिभिजन : महावीरको पहिलो जित
Sarbottam CementSarbottam Cement

काठमाडौं । सहिद स्मारक ’सी’ डिभिजन लिगमा महावीर स्टडिज एन्ड एथलेटिक्स एसोसिएसनले पहिलो जित निकालेको छ । आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा महावीरले सोसल वेलफेयर स्पोर्ट्स सेन्टरविरुद्ध ३–२ को रोमाञ्चक जित निकालेको हो ।

महावीरको जितमा सन्दीप श्रेष्ठले दुई गोल गरे । यस्तै अर्को एक गोल सुरज थारूले गरेका थिए । सोसल वेलफेयरका मनोज नेपाली र शरद राईले गोल फर्काएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलको नवौँ मिनेटमा सन्दीपले गोल गर्दै महावीरलाई अग्रतामा राखेका थिए । तर, ४८औँ मिनेटमा मनोज नेपालीले गोल गरेपछि सोसल वेलफेयर खेलमा फर्किएको थियो ।  त्यसको दुई मिनेटपछि नै महावीरले पेनाल्टी पाउँदा सन्दीपले सदुपयोग गर्दै पुनः आफ्नो टिमलाई २–१ को अग्रतामा राखेका थिए । 

६८औं मिनेटमा सुरजले गोल गरेपछि महावीरले ३–१ को अग्रता बनाएको थियो । ८८औं मिनेटमा सोसल वेलफेयरका शरदले गोल गर्दै खेल रोमाञ्चक बनाए पनि टिमको हार भने टार्न भने सकेनन् ।

Global Ime bank

महावीरका सुरज खेलको ’प्लेयर अफ दि म्याच’ चुनिए । 

प्रतियोगितामा पहिलो जित निकालेको महावीर चार खेलबाट पाँच अंकसहित तालिकाको सातौं स्थानमा उक्लिएको छ । समान खेलबाट पाँच अंक नै जोडेको सोसल वेलफेयर तालिकाको छैटौं स्थानमा छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement