site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सुदूरपश्चिम सरकारविरुद्ध नाउपाका लक्ष्मण चौधरी सर्वोच्चमा
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सुदूरपश्चिम सरकारविरुद्ध नागरिक उन्मुक्ति पार्टी (नाउपा)का प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका चौधरीले आइतबार रिट दायर गरेका हुन् ।

रिटमा संविधानको धारा १६८(२) अनुसारको सरकार गठनका लागि गरिएको आह्वान अनुरूप दाबी प्रस्तुत भइसकेपछि प्रदेश प्रमुखले आफूसँग नभएको अधिकार प्रयोग गरी समर्थन फिर्ताका लागि अवसर दिएर पुन: आह्वान गरेको उल्लेख छ ।

Prabhu Bank
Agni Group
NIC Asia

चौधरीले प्रदेश प्रमुखबाट भएको 'असंवैधानिक काम' अन्तरिम आदेशबाट बदर गर्न माग गरेका छन् ।

चौधरीले विपक्षी दीर्घ सोडारीको पक्षमा दाबी गरिएको बहुमत उनीसँग नरहेको पनि जिकिर गरेका छन् । सोडारीको  समर्थनमा उल्लेखित संख्यामध्ये नागरिक उन्मुक्तिका पाँच सदस्य आफूसँग रहेका कारण बहुमत नभएका व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गरिएको उनको दाबी छ ।

Global Ime bank

उनले मुख्यमन्त्रीमा आफूलाई नियुक्त गर्नुपर्ने माग राखेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १७:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय