site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
६७८ गर्भवती/सुत्केरीको हवाई उद्धार 
फाइल तस्बिर ।

काठमाडौं । सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हालसम्म ६७८ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गरेको छ । आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म सो संख्यामा दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको उद्धार गरिएको हो ।

चालु आर्थिक वर्षमा भने वैशाख पहिलो सातासम्म १२६ जनाको उद्धार गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान समन्वय इकाइकी प्रमुख नीता शर्माले जानकारी दिइन् ।

Dabur Nepal
NIC Asia

कार्यक्रमअन्तर्गत सरकारले सम्बन्धित जिल्ला प्रशासन कार्यालयको पहलमा निःशुल्क उद्धार गर्दै आएको छ । इकाइकी प्रमुख शर्माका अनुसार, गर्भवती तथा सुत्केरीमा स्थानीय प्रसूति सेवा लिने क्रममा जटिलता देखिए, जनशक्ति, उपकरण वा सडक यातायातका कारण जिल्ला अस्पतालसम्म पुर्‍याउने अवस्था नभए उनीहरूको उद्धार गरिन्छ ।

यो कार्यक्रम हाल १९ जिल्लामा पूर्ण र २९ मा आंशिक गरी ४८ जिल्लामा लागु छ । यो कार्यक्रम दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका निम्ति हवाई उद्धारसम्बन्धी कार्यविधि–२०७७ अनुसार सञ्चालित छ ।

इकाइले पीडितलाई तत्काल उद्धार गर्नका निम्ति ९८५१२५५२५४ को निःशुल्क हटलाइन सेवा पनि उपलब्ध गराएको छ । सोही हटलाइनमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट जानकारी आएपछि पीडितलाई तत्काल उद्धार गरिने शर्माले बताइन् ।

सो सेवा लिएकालाई सरकारले यातायात खर्चबापत प्रतिव्यक्ति २० हजार रुपैयाँ पनि उपलब्ध गराउँदै आएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro