राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । अस्वस्थ भएपछि उनी गोदवारीमा जारी महाधिवेशन केन्द्रीय परिषद्को बैठकमा सहभागी छैनन् ।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अध्यक्षतामा बैठक बसेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।
ओली रुघाखोकीका कारण बैठकमा उपस्थित हुन नसकेको उनको सचिवालयले जनाएको छ ।
शनिबार सुरु भएको केन्द्रीय परिषद् बैठकमा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । हिजो प्रस्तुत प्रतिवेदन आजै पारित गरेर बैठक सक्ने तयारी भएको एमालेले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१ १६:१६
प्रतिक्रिया दिनुहोस्