site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
इजरायलमा ग्राउन्डेड निगमको जहाल भोलि काठमाडौं आउँछ : मन्त्री तामाङ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले इन्जिन मर्मतका लागि लामो समयदेखि इजरायलमा रहेको वायुसेवा निगमको न्यारोबडी जहाज सोमबार काठमाडौं ल्याइने जानकारी दिएका छन् । 

आइतबार सिंहदरबारमा सञ्चारकर्मीसँगको छलफलका क्रममा मन्त्री तामाङले निगमका पदाधिकारीले सोमबार उक्त जहाज नेपाल ल्याइने जानकारी गराएको बताएका हुन् । 

आफू मन्त्रालयमा आएदेखि जहाज ग्राउन्डेड भएको विषयमा निरन्तर जानकारी लिएको उनको भनाइ छ । सम्झौताअनुसार इजरायलको कम्पनीले समयमा नै जहाजको इन्जिन मर्मत गर्न नसकेको अवस्थामा क्षतिपूर्ति दाबी गर्ने तयारी भएको उनले जानकारी दिए । 

“म मन्त्री भएर आएपछि नेपाल वायुसेवा निगमको न्यारोबडी (नाइनएन–एकेएकस) जहाज ग्राउण्डेड भएको कुरा जानकारीमा थियो । जहाज बनाउनको लागि इजरायली पठाएको र मर्मत भइरहेको छ भन्ने जानकारी थियो । जसको कारणले नेपाल वायुसेवा निगमलाई दैनिक रुपमा घाटा भइरहेको छ । त्यो कुरा मन्त्री भएर आएपछि निगमका अध्यक्षसँग कुरा गर्दा १२ दिनमा जहाज आउने बताउनुभएको थियो । भोलि सोमबार जहाज काठमाडौं विमानस्थलमा आउँछ,” मन्त्री तामाङले भने । 

मन्त्री तामाङले नेपालको हवाइक्षेत्रलाई कालोसूचीबाट हटाउनका लागि निरन्तर छलफल भइरहेको बताए । “युरोपेली युनियन (ईयू) हवाइ सुरक्षामा नेपाली वायुसेवालाई त्यहाँको आकासमा सिधा उडान गर्ने कार्ययोजना बनाउनुपर्छ भन्ने सन्देश दिनगरी यसअघि नै बोलेको थिएँ । त्यसको लागि छलफल गरिरहेका छौँ । निजी क्षेत्र र विज्ञहरूसँग पनि छलफल गरिरहेका छौँ,” उनले भने । 
 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १६:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro