site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतीय मसलामा उठाइयो प्रश्न, हङकङ र सिंगापुरमा बजारबाट फिर्ता लिन निर्देशन

हङकङ । हङकङको फुड सेफ्टी विभागले भारतीय कम्पनी एमडीएच र एभरेस्टका केही बन्द प्याकेटभित्रका मसलामा कीटनाशक एथिलिन अक्साइड पाइएको जनाउँदै त्यो प्रयोग नगर्न सुझाव दिएको छ । सो मसलाको खरिद–बिक्रीमा पनि रोक लगाइएको छ ।

सिंगापुरमा पनि एभरेस्टको फिसकरी मसलालाई बजारबाट फिर्ता गर्न निर्देशन दिइएको छ । हङकङको फुड सेफ्टी विभाग सेन्टर फर फुड सेफ्टीले एमडीएचको मद्रास करी पाउडर, साम्भर मसला मिक्स्ड पाउडर र करी पाउडर मिक्स्ड मसलामा कीटनाशक औषधि एथिलिन अक्साइड पाइएको भन्दै त्यो प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

Dabur Nepal
NIC Asia

सेन्टर फर फुड सेफ्टीले यसको बिक्री रोक्नुको कारण खुलाउँदै क्यान्सरका बारेमा अनुसन्धान गर्ने एजेन्सीले एथिलिन अक्साइडलाई ग्रुप १ कार्सिनोजेनमा राखेको जनाएको छ । कार्सिनोजेन यस्तो पदार्थ हो, जसबाट क्यान्सर हुने खतरा हुन्छ ।

फुड सेफ्टी विभागले खाद्यपदार्थमा कीटनाशक अवशेष नियमको हवाला दिँदै जनस्वास्थ्यलाई प्रतिकूल असर नगर्ने खाद्यान्न मात्र बेच्न अनुमति दिन सकिने जनाएको छ ।

हङकङको फुड सेफ्टी विभागले तीन रिटेल पसलबाट मसलाका नमुना लिएको थियो । सो विभागका प्रवक्ताका अनुसार, खाद्यपदार्थमा एथिलिन अक्साइडजस्तो कीटनाशक औषधि प्रयोग गर्नेमाथि अधिकतम ५० हजार डलरको जरिवाना हुनसक्छ । अपराध प्रमाणित भएमा जरिवानाका अतिरिक्त ६ महिना जेल सजायको समेत व्यवस्था छ ।

सिंगापुरको फुड एजेन्सीले लामो समयसम्म यसप्रकारको प्रयोगले स्वास्थ्यमा खतरा उत्पन्न हुन सक्ने जनाएको छ । एभरेस्टले भने भारत सरकारले आवश्यक जाँच गरेर नै सो कम्पनीका उत्पादन बजारमा गएको जनाएको छ ।

भारतीय मसलाका बारेमा यसअघि अमेरिकामा पनि प्रश्न उठाइएको थियो । सन् २०२३ मा अमेरिकी फुड एन्ड अथोरिटीले एभरेस्टको साम्भार मसला र गर्म मसलालाई बजारबाट फिर्ता लिन निर्देशन दिएको थियो । सो मसलामा साल्मोनेला पोजिटिभ देखिएको थियो । जसले पखाला लाग्ने, पेट दुख्ने, ज्वरो आउने, चक्कर लाग्नेजस्ता समस्या हुने जनाइएको थियो । बीबीसी हिन्दीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १४:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro