site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विश्व बैंकले नेपालमा गर्ने लगानीको ‘फ्रेमवर्क’ टुंगियो : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकले नेपालमा गर्ने लगानीको ‘फ्रेमवर्क’ टुंगिएको बताएका छन् ।

अमेरिकामा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वसन्तकालीन संयुक्त बैठकमा भाग लिएर शनिबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले विश्व बैंकका उपाध्यक्षसहितको टोलीसँग भएको छलफलपछि नेपालमा कुन फ्रेमवर्कमा लगानी गर्ने भन्ने विषय टुंगिएको बताएका हुन् । उनले उक्त फ्रेमवर्कलाई मन्त्रिपरिषद्मार्फत अघि बढाएर आवश्यक प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।

Dabur Nepal
NIC Asia

मन्त्री पुनले नेपाली मूलका अमेरिकीले नेपालमा लगानी बढाउने प्रतिबद्धता जनाएको बताए । आफ्नो भ्रमण सफल भएको उनले उल्लेख गरे ।

एमसीसी पदाधिकारीसँग पनि छलफल भएको भन्दै उनले नेपालमा सञ्चालित परियोजना समयमै सम्पन्न हुने विश्वास व्यक्त गरेको जानकारी दिए ।

मन्त्री पुनले बैठकका क्रममा भएका ‘साइडलाइन’ छलफल र वार्ता पनि निकै सकारात्मक भएको बताए । उनले नेपालको ऊर्जा, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न आग्रह गरिएको जानकारी गराए । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro