site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रास्वपाको उदय र कांग्रेसको शक्ति विस्तार नयाँ र विवेचनायोग्य घटना : ओली
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय र नेपाली कांग्रेसको शक्ति विस्तारलाई विवेचनायोग्य घटना भएको बताएका छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले यस्तो बताएका हुन् । 

अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रियतावादी शक्तिको रूपमा र नेपाली कांग्रेसलाई परम्परावादी दक्षिणपन्थी शक्तिको रूपमा उल्लेख गर्दै ती दुवै पार्टीको गत निर्वाचनमा भएको उदय र शक्ति विस्तार नयाँ र विवेचनाको विषय भएको बताए । उनले संविधानका मुल विषयमा अस्पष्ट र असहमत रहनेहरूको संख्या निर्वाचनपछि प्रतिनिधिसभामा उल्लेख्य भएकाले मुलुकमा राजनीतिक अस्थिरता झनै बढेर गएको निष्कर्ष सुनाए । 

Prabhu Bank
Agni Group
NIC Asia

ओलीले निर्वाचन परिणामकै कारण आज मुलुकले ठूलो मूल्य चुकाउनु परेको उल्लेख गर्दै राष्ट्र र जनताको पक्षमा काम गर्न एमालेले सकारात्मक शक्तिहरूलाई साथमा लिएर अघि बढ्न जरुरी रहेको बताए । 

“राजनीतिक स्थायित्व, सुशासन एवं समाजवादउन्मुख राज्य निर्माणको अभियानमा चुनौति थपिए । निर्वाचनमा प्रियतावादी अथवा पपुलिष्ट शक्तिको उदय र परम्परावादी दक्षिणपन्थी दलको शक्ति विस्तार नयाँ र विवेचनीय घटनाका रुपमा रहेका छन्,” उनले भने, “यसबीचमा बढेको चरम राजनीतिक विकृति, आर्थिक र व्यवसायिक क्षेत्रमा संकट उत्पन्न र रोजगारीका क्षेत्र साँघुरिँदै गएको  छ ।” 

Global Ime bank

शुसासन तथा सेवा प्रवाहमा उत्पन्न समस्याका कारण समाजमा निराशा बढेको उनको भनाइ छ । यसले सिर्जना गरेको असन्तुष्टिलाई पपुलिज्म र दक्षिणपन्थी शक्तिले प्रयोग गर्न सफल भएको उनी बताउँछन् । 

ओलीले लोकतान्त्रिक गणतन्त्रको विकल्प कुनै पनि खालको निरंकुशता हुनै नसक्ने स्पष्ट पारे । ओलीले मुलुकमा राजतन्त्र फर्काउन खोज्ने कुनै पनि प्रयास सफल हुने सम्भावना नरहेको बताए । लोकतान्त्रिक युगमा जन्मजात श्रेष्ठताको सामन्ती मान्यतालाई बोक्ने र आफ्नै अयोग्यता, असफलता र कर्मका कारण जनताबाट विस्थापित राजतन्त्र पुनस्र्थापना नहुनेमा ढुक्क हुन आग्रह गरे । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १३:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement