site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सुन तस्करी जाँचबुझ आयोग चुकेको गम्भीर पाटो
Sarbottam CementSarbottam Cement

काठमाडौं । सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको विश्वसनीयतामाथि प्रश्न उठेसँगै कार्यान्वयन प्रक्रिया अलपत्र परेको छ ।

आयोगले सुन तस्करी अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कै भूमिका शंकास्पद देखिएको भन्दै तत्कालीन सीआईबीका प्रमुख एआईजी किरण बज्राचार्यसहितको टिमलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

उक्त प्रतिवेदनका आधार बज्राचार्यसहित अनुसन्धानमा खटिएका प्रहरी अधिकारीलाई सीआईबीबाट हटाइएको थियो । तर, प्रतिवेदन अध्ययनका क्रममा गम्भीर त्रुटि देखिएपछि आयोगकै प्रतिदेनमाथि प्रश्न उठेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सुन तस्करी अनुसन्धानबाहिर रहेका डीएसपी रुगम कुवँर र सुन तस्करी प्रकरणमा जोडिएका जीवन चलाउनेबीचको गलत टेलिफोन सम्पर्कको कल डिटेल प्रतिवेदनमा राखेको खुलेपछि आयोगको प्रतिवेदनमाथि प्रश्न उठेको हो ।

डीएसपी कुँवरले आयोगको प्रतिवेदन सच्याउन माग गर्दै एक हप्ताअघि मात्र गृह मन्त्रालयमा निवेदन दिएका छन् । हाल गृह मन्त्रालयले मन्त्रालयकै कानुन शाखाका सहसचिव भरतमणि रिजालको नेतृत्वमा प्रतिवेदन अध्ययन टोली बनाएको छ । एक महिनाअघि बनेको टोलीले हालसम्म कुनै निष्कर्ष निकाल्न सकेको छैन ।

Global Ime bank

आयोगले सुन तस्करी प्रकरणमा प्रमाणबिना प्रहरी कर्मचारीलाई कारबाही सिफारिस गरेपछि कार्यान्वयन गर्न समस्या देखिएको गृहकै कर्मचारीको भनाइ छ । आयोगले गएको चैत १ मा प्रतिवेदन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बुझाएको थियो ।

आयोग चुकेको गम्भीर पाटो

गत साउन २ गते हङकङ हुँदै त्रिभुवन विमानस्थलबाट भएको ६० किलो सुन तस्करी भएको थियो । पूर्वन्यायाधीश डिल्लीप्रसाद आचार्यको नेतृत्वमा छानबिन गर्न सरकारले गएको असोजमा जाँचबुझ आयोगको गठन गरेको थियो । आयोगमा पूर्वएआईजी सहकुल थापा र पूर्वसहसचिवद्वय किशोरजंग कार्की र प्रेमराज जोशी थिए ।

तर, आयोगले सीआईबीको अनुसन्धान अधिकृतबाहेक अन्य पाटोबाट भने कुनै छानबिन गरेको देखिएन । अझ गम्भीर कुरा त २ साउनमै 'ब्रेक–सु'मार्फत आएको सुन बरामद गरी १९ दिनसम्म अनुसन्धान गर्ने राजस्व अनुसन्धान विभागमाथि सोधपुछसमेत गरिएको छैन ।

सुन तस्करीका मुख्य आरोपित बेल्जियम मूलका तिब्बती नागरिक दावा लामालाई राजस्वकै टोलीले पक्राउ गर्दा उनकै श्रीमती अमला रोकालाई भने छाडेको थियो । आयोगले प्रतिवेदनमा कमलामाथि अनुसन्धान गर्नुपर्ने उल्लेख गरे पनि पक्राउ नगरी छाड्ने राजस्व अनुसन्धान विभागका कर्मचारीबारे केही पनि उल्लेख छैन ।

त्यसबाहेक विभागको सुरुवाती अनुसन्धान नै शंकास्पद देखिएको थियो । त्यसपछि 'ब्रेक–सू'मा सुनसहित पक्राउ परेका ट्याक्सी चालक हर्क राईलाई पक्राउ नगरी 'ब्रेक–सू'मात्रै नियन्त्रणमा लिएर उनलाई छाडिएको थियो ।

राजस्वले 'ब्रेक–सू' नियन्त्रणमा लिएको खबर राईले आरोपितमध्येका भारतीय नागरिक थुप्तेन छिरिङलाई गरेका थिए । छिरिङले चिनियाँ तस्करलाई खबर गरेपछि त्यही दिन चिनियाँ तस्कर समूह काठमाडौंबाट भाग्न सफल भएका थिए । तर, आयोग यसबारे समेत मौन देखिएको छ ।

त्यस्तै, अर्को गम्भीर कुरा त अनुसन्धानकै घेरामा परेकी कमला रोकासँगसमेत अनुसन्धानमा खटिएका अधिकृतकै ‘कनेक्सन’समेत शंकास्पद देखिएको छ । त्यस्तै, पटक–पटक सुन तस्करी प्रकरणमा जोडिएका र ६० किलो सुन तस्करी प्रकरणमा समेत ‘कनेक्सन’ देखिएको र पक्राउ पुर्जीसमेत जारी भएका भारतीय नागरिक विमल पोद्दारमाथिसमेत आयोगको मौनता रहस्यमय देखिएको छ ।

त्यसो त, फरार प्रतिवादी विमलसँग आयोगकै एकजना सदस्यको शंकास्पद ‘कनेक्सन’ देखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement