site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डढेलो नियन्त्रणका लागि सीसी क्यामेरा जडान
प्रतीकात्मक तस्बिर

काठमाडौं।  डढेलो नियन्त्रणका लागि विभिन्न डिभिजनल वन कार्यलयहरूले सीसी क्यामेरा राख्न सुरू गरेका छन् । जंगलमा लाग्ने अधिकांश डढेलो मानवीय कारणले भएको भन्दै नियन्त्रणका लागि सीसी क्यामेरा राख्न सुरू गरिएको हो । 

चुरोट सल्काएर सलाइको काँटी तथा चुरोटको ठुटा ज‌ंगलमा फाल्ने, जंगलमा घाँस पलाउने भन्दै जानाजान आगो लगाउनेलगायत मानवीय गतिविधिका कारण जंगलमा आगो लाग्ने गरेको डिभिजनल वन अधिकृतहरूको भनाइ छ । सीसी क्यामेरा जडान गरेर डढेलो लगाउनेलाई कानुनअनुसार कारबाहीको दायरामा ल्याउन वनविद्हरूले सुझाव दिएसँगै सिसी क्यामेरा जडान थालिएको हो । 

कपिलवस्तुका डिभिजनल वन अधिकृत विजय सुवेदीले मानिसले जानाजान जंगलमा आगो लगाउन थालेपछि नियन्त्रणका लागि सीसी क्यामेरा जडानको कार्य अगाडि बढाइएको बताए । “हाल दुईवटा सीसी क्यामेरा जडान भइरहेका छन् । अन्य स्थानमा पनि क्यामेरा जडान प्रक्रियालाई प्रथिमकतामा राखेर अगाडि बढ्ने योजना बनाएका छौँ”, उनले भने, “यति नगरे जंगलमा गएर आगो लगाउने गतिविधि नै रोकिएन । आगो लगाउनेलाई कारबाहीको दायरामा ल्याउनका लागि पनि क्यामेराले सहज हुनेछ ।”

नेपाल प्राविधिक संघका अध्यक्ष राकेश कर्णले पनि सीसी क्यामेरा जडान गरेमा डढेलो नियन्त्रणमा सहज हुने बताए । “अधिकांश वन डढेलो मानवले जानाजान लगाएका हुन्छन्, मानवीय गतिविधि नियन्त्रण गर्नका लागि पनि वन क्षेत्रमा सीसी क्यामेरा जडान गर्नु उचित हुन्छ”, उनले भने, “योलगायत वन व्यवस्थापनको क्रियाकलापलाई उच्च प्राथमिकता दिन जरूरी छ ।”

मानिसले जंगलमा आगो लगाएमा कानुनी कारबाहीको व्यवस्था छ । वन ऐन, २०७६ को दफा ४९ को ‘घ’ मा राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा सजाय हुने व्यवस्था गरिएको छ । “यस कसुर गर्नेलाई क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा र ६० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ”, ऐनमा उल्लेख छ । 

वन डढेलो व्यवस्थापन रणनीति, २०६७ ले डढेलो व्यवस्थापन गर्न आवश्यक नीतिगत तथा संस्थागत संरचनाको निर्माण एवं सुदृढीकरण गर्ने, डढेलो रोकथाम तथा नियन्त्रणमा स्थानीय समुदाय, नागरिक समाज, सरकारी तथा गैरसरकारी निकायका परिचालन गर्ने, डढेलोबाट हुनसक्ने जोखिमबारे अग्रिम जानकारी लिनका लागि पूर्वतयारी गर्नेलगायतका लक्ष्य राखेको छ ।  डढेलो नियन्त्रण गर्न सरोकारवालाहरूले ऐन तथा नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । रासस 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro