खेल
काठमाडौं । एसीसी इमर्जिङ कपको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले पहिलो पावर प्लेको समाप्तिमा दुई विकेट गुमाएको छ ।
ओमानको अल अमेरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले पहिलो ब्याटिङ पावर प्ले (६ ओभर) समाप्त हुँदा दुवै ओपनरलाई गुमाएको हो ।
नेपालले आसिफ सेखलाई आठ रनमा गुमाउँदा कुशल भुर्तेल 'गोल्डेन डक' भए ।
जारी खेलको ६ ओभर समाप्त हुँदा नेपालले दुई विकेट गुमाएर ३० रन बनाएको छ । हाल क्रिजमा रहेका कप्तान रोहितकुमार पौडेल चार र सन्दीप जोरा १६ रनमा खेलिरहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१ १२:२३
प्रतिक्रिया दिनुहोस्