site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलामा ७०० ले बढ्यो
Argakhachi Cement Island Ad

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको हो । 

यो मूल्य हालसम्मकै उच्च हो । छापावाला सुनको यसअघिको उच्च मूल्य प्रतितोला एक लाख ३९ हजार २०० रुपैयाँ थियो । शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी प्रतितोला एक हजार ७२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ७२५ रुपैयाँमा करोबार भएको थियो ।  
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ११:१६
प्रतिक्रिया दिनुहोस्