site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सिटिजन्स बैंकको नाफा एक अर्ब २१ करोड
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको नाफा घटेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा १.९९ प्रतिशतले घटेको हो ।

बैंकले चैत मसान्तसम्म एक अर्ब २१ करोड १४ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको चैत मसान्तसम्म एक अर्ब २३ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

चैत मसान्तसम्म बैंकले गत वर्षको सोही अवधिको तुलनामा खराब कर्जा घटाएको छ । गत वर्षको चैत मसान्तसम्म बैंकको खराब कर्जा ३.९८ प्रतिशत थियो । यो वर्षको सोही अवधिमा घटाएर ३.७६ प्रतिशत कायम गरेको छ ।

बैंकले चैत मसान्तसम्म चार अर्ब २५ करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा चार अर्ब ३९ करोड ९१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

Global Ime bank

चैत मसान्तसम्म गत वर्षको तुलनामा बैंकबाट जाने ऋण बढेको छ । चैतसम्म बैंकले एक खर्ब ५२ अर्ब ५६ करोड ९९ लाख रुपैयाँ ऋण प्रवह गरेको छ । गत वर्षको सोही अवधिमा एक खर्ब ३९ अर्ब ८३ करोड २० लाख रुपैयाँ ऋण प्रवाह गरेको थियो ।

त्यसैगरी निक्षेप संकलन पनि बढेको छ । चैत मसान्तसम्म एक खर्ब ८२ अर्ब ५० करोड ४९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । गत वर्षको सोही अवधिमा एक खर्ब ६८ अर्ब ८४ करोड २१ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

बैंकको वितरणयोग्य मुनाफा भने ऋणत्मक छ ।  

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ०८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC