site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ह्यारीको कागजातमा बेलायतसँग तोडिएको सम्बन्ध

लण्डन । बेलायती राजकुमार ह्यारीले आफ्नो एक औपचारिक कागजातमा बेलायतसँगको सम्बन्ध देखाउन चाहेनन् । 

सो कागजातको रेकर्डले उनी चाँडै बेलायत फर्कन नचाहेको जस्तो देखिएको छ ।   उनी चार वर्षदेखि बेलायत छोडेर अमेरिका बस्दै आएका छन् ।  उनी अहिले अमेरिकाको क्यालिफोर्नियामा पत्नी मेघन मर्केल, राजकुमार आर्ची र राजकुमारी लिलिबेटसँग बस्दै आएका छन् ।

गतवर्ष बेलायतमा उनीहरु बस्दै आएको फ्रगमोर कटेज छोड्न लगाइएको थियो त्यसले गर्दा उनीहरुको बेलायतमा रहेको स्थायी बसोबासस्थल टुटेको थियो । अहिले पछिल्लो पटक उनले आफ्नो बसोबास गरेको देशको नाम बेलायतबाट अमेरिका सारेको पाइएको छ । 

ह्यारीले गैरनाफामुलक इको टुरिजम सम्बन्धी कम्पनी ट्राभालिस्ट सम्बन्धी एक सूचनामा सो कुरा उल्लेख गरेका छन् ।  सो कम्पनी उनले नै स्थापना गरेका हुन् । उनको परियोजना जब ४ वर्ष अघि सेट अप भयो ह्यारीले कम्पनी रहेको घर बेलायतमा रहेको उल्लेख थियो ।

Global Ime bank

तर, दुई दिनअघि फाइल गरिएको सूचनामा उनको वासस्थान अमेरिका भनिएको छ ।  उनले सो कम्पनीको कार्यक्रमलाई बुधबार भिडियो मार्फत सम्बोधन गरेका थिए । यो परिवर्तनको मिति भने व्याक डेटमा सन् २०२३को जुन २९ लेखिएको छ । 

त्यो तिथि उनीहरुको बेलायतस्थित निवास फ्रोगमोर कटेजको चाबी बुझाउनु अघिको हो ।   गएको मार्च महिनामा बेलायतका राजा चाल्र्सले सो प्रपर्टी खाली गर्न आग्रह गरेको कुरा सार्वजनिक भएको थियो ।  जुन तत्कालीन रानीले ह्यारीको विवाह भएपछि उनीहरुलाई उपहार दिएकी थिइन् । (मिरर)
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ११:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu