site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अध्यादेशमार्फत् एक दर्जन कानुन संशोधन गर्दै सरकार 

काठमाडौं । सरकारले अध्यादेशमार्फत् एक दर्जन कानुन संशोधन गर्ने तयारी गरेको छ । कानुन बनाउने अधिवेशनको रूपमा लिइने संसदको हिउँदे अधिवेशन हालै अन्त्य गरेको सरकारले अध्यादेशमार्फत् कानुन संशोधन गरेको हो । 

गएको माघ २२ गते सुरु प्रतिनिधिसभाको तेस्रो अधिवेशन गएको आइतबार (२ वैशाख)सम्म ७० दिन चालु रहँदा पाँच सरकारी विधेयक दर्ता गरिएको थियो । तीमध्ये निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० समितिमा विचाराधीन रहेको छ । 

तर, अहिले संसदलाई छलेर सरकारले अध्यादेशमार्फत् आधा दर्जन कानुन संशोधन गर्न लागेको हो । अमेरिकाको भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुनका अनुसार अध्यादेशमार्फत् आधा दर्जन कानुन संशोधन गर्न लागेको जानकारी दिए । 

अमेरिकी (यूएस) चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँग वासिङटनडिसीमा मंगलबार राति भएको अन्तरक्रियामा मन्त्री पुनले लगानी सम्मेलनअघि सरकारले अध्यादेशमार्फत् लगानी प्रतिकूल ठानिएका करिब एक दर्जन कानुनमा संशोधन गर्न लागेको बताएका हुन् । 

सरकारले यही वैशाख १६ र १७ गते ‘उदीयमान नेपाल’ भन्ने नाराका साथ तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आयोजना गरेको छ । 


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro