site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपालसहित सात देश पुनःनवीकरणीय ऊर्जामा अगाडि

काठमाडौं । नेपाल समेत विश्वका ७ देश पुनर्नवीकरणीय ऊर्जामा अघि रहेको इन्टरनेसनल इनर्जी एजेन्सी (आइएइए) र इनटरनेसनल रिन्यूएबल इनर्जी एजेन्सी(आइआरइएनए)को एउटा तथ्यांकले देखाएको छ ।

तथ्यांकका अनुसार अल्बानिया, भुटान, नेपाल, पारागुवे, आइसल्यान्ड, इथियोपिया र डेमोक्रेडिट रिपब्लिक अफ कंगोले ९९ दशमलब ७ प्रतिशत भन्दा बढी उत्पादन गर्ने विद्युत जिओथर्मल, हाइड्रो, सोलार वा विन्ड पावरमा आधारित रहेको जनाइएको छ । 

यस्तै, अन्य ४० देशले उत्पादन गर्ने कम्तिमा ५० प्रतिशत विद्युत् पुनर्नवीकरणीय ऊर्जा प्रविधिबाट उत्पादित विद्युत् रहेको सन् २०२१ र २०२२ को तथ्यांकमा उल्लेख छ । त्यसमा ११ वटा युरोपेली मुलुक पनि रहेका छन् । 
“हामीलाई मिराकल नै हुने खालका प्रविधि पनि चाहिन्न,” स्ट्यानफोर्ड युनिभर्सिटीका प्राध्यापक मार्क ज्याकोब्सनले भनेका छन् । उनले नै यो तथ्यांक प्रकाशन गरेका हुन् ।

आइइएको गत जनवरीमा सार्वजनिक गरिएको तथ्यांकमा बेलायतले ४१ दशमलब ५ प्रतिशत बिजुली सन् २०२२मा  पुनर्नविकरणीय ऊर्जामार्फत उत्पादित  नै प्रयोग गरेको उल्लेख छ । 

Global Ime bank

त्यसभन्दा अघि उसले १० दशमलब ५ प्रतिशत सोही प्रकृतिको विद्युत् प्रयोग गरेको थियो । 

स्कटल्यान्डमा पुनर्नवीकरणीय ऊर्जा मार्फत उत्पादित बिजुली नै सन् २०२२मा भएको कूल खपतको ११३ प्रतिशत प्रयोग गरिएको थियो । स्कटल्यान्डमा अहिलेको विद्युत उत्पादन खासगरी विन्डमा आधारित रहेको छ । 
प्रक्षेपकहरूका अनुसार सोलारले आगामी दशकको विद्युतको वितरणलाई उछिन्ने छ । 

पछिल्ला दिनहरुमा सोलार सेलको दर बढ्दै गएको छ । खासगरी तथाकथित ‘मिराकल मेटरियल’ पेरोभ्स्काइटले यसमा मद्यत गर्दै आएको छ ।  कमर्सियल हिसाबले पनि मूल्य घटेको छ । युनिभर्सिटी अफ एक्सेटर तथा युनिभर्सिटी कलेज लण्डनले गत वर्ष दाबी गरेअनुसार सोलार इनर्जी सन् २०५०मा विश्व इनर्जीको मुख्य स्रोत बन्नेछ ।

सोलार इनर्जी विश्वमा नै व्यापक रुपमा पाइने इनर्जी स्रोतको रुपमा मानिने गरेको छ ।  यस क्षेत्रमा लगानीका लागि पनि पछिल्लो समयमा आकर्षण बढदै गएको छ । (इन्डिपेन्डेन्ट)
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १५:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu