site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हैजा रोकथामका लागि द्रुत प्रतिकार्य टोली परिचालन

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१ का दुई महिलामा हैजाको संक्रमण पुष्टि भएपछि रोगको रोकथामका लागि प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालन गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठले हैजा फैलिन नदिन गर्नुपर्ने प्रतिकार्यका लागि प्रभावित क्षेत्रमा टोली परिचालन गरिएको जानकारी दिए । उनले भने, “वडा नं १ मा थप दुई बालकमा हैजाको आशंका गरिएको छ, यसको पुष्टि हुन भने बाँकी छ ।”

हैजाबाट पीडितलाई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएको छ । द्रुत प्रतिकार्य टोलीले प्रभावित क्षेत्रका बासिन्दाले उपभोग गरिरहेको खानेपानीको नमुना लिने कार्यका साथै अन्य प्रतिकार्यको काम थालेको छ ।

नेपाल खानेपानी संस्थान, खानेपानी डिभिजन कार्यालय र संघीय खानेपानी आयोजनाको कार्यालयलाई वितरित खानेपानीको शुद्धीकरण गर्ने/गराउने कार्यका लागि लिखित अनुरोध गरिएको श्रेष्ठले बताए ।

दूषित खानेपानीका साथै झिँगा तथा दूषित खानेकुराको उपभोगबाट हैजा फैलिन सक्ने भएकाले यस्ता खानेकुरा नखान स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । हैजाको पुष्टि भएको टोलमा भइरहेको सडक निर्माणबाट खानेपानीको पाइप फुटेको र सोही कारणबाट खानेपानी दूषित भएको आशंका गरिएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  २०:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro