site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सत्ता समीकरण ढाल्न देशी–विदेशी शक्तिले षड्यन्त्र गरिरहेका छन् : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता समीकरण ढाल्नका लागि देशी–विदेशी शक्तिले षड्यन्त्र गरिरहेको दाबी गरेका छन् । मंगलबार झापा जिल्ला कमिटीको बैठकमा उनले केही घटना घटिहाले अप्ठेरो नमान्न आग्रह गरे ।

“अहिले यो समीकरण ढाल्नका लागि देशी विदेशी शक्तिहरूले षड्यन्त्र गरिरहेका छन् । तर, सक्दैनन् । केही घटना घटिहाल्दा साथीहरूले अप्ठेरो नमान्नुहोला, लौ बर्बाद भयो भनेर नठान्नुहोला, बर्बाद हुँदैन,” ओलीले भने । 

एमालेले पहिले प्रधानमन्त्री बनाएका पुष्पकमल दाहाल 'प्रचण्ड' अल्मलिएर कांग्रेससँग सहकार्य गर्न पुगेको र अहिले देशको पक्षमा निर्णय गरेको बताए ।

ओलीले एमालेले गठबन्धनमा गृहसहित मन्त्रालय छाड्यो भनेर बाहिर टिप्पणी भएको भन्दै  पहिलेको गठबन्धन ढाल्नु उपलब्धि भएको बताए ।

“हामीले गठबन्धन ढाल्नु थियो, गठबन्धन ठाल्दियौँ । कुन मन्त्रालय, कुन मन्त्रालय भन्ने होइन । हाम्रो गृहमन्त्री, हाम्रो प्रधानमन्त्री हाम्रो सरकार,” उनले भने, “पहिले प्रचण्डजीलाई प्रधानमन्त्री बनाएको थिएँ । केही अल्मलिनुभयो, झुक्किनुभयो । फेरि हामी उहाँलाई कन्भिन्स गर्नुभयो । अहिले साहसिक निर्णय गर्नुभएको छ । देशको पक्षमा निर्णय गर्नुभएको छ,” ओलीले भने ।

उनले एमालेतिर बक्र दृष्टि नलगाउन चेतावनी पनि दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १७:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro