site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आठ वर्षसम्म ऐन, कानुन बन्न नसक्नु दुःखद : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधान बनेको आठ वर्षसम्म आवश्यक ऐन कानुन बन्न नसक्नु दुःखद भएको बताएका छन् । राष्ट्रिय राजनीतिमा हुने उत्तारचढावका कारण महत्त्वपूर्ण ऐन कानुनहरू समयमा नै बन्न नसकेको उनको भनाइ छ । 

मंगलबार सिंहदरबारमा संसदीय मामिलासम्बन्धी रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको छलफलका क्रममा दाहालले अन्य व्यक्तिगत कारण नभई राष्ट्रिय राजनीतिमा देखा परेको अहिलेको अवस्थाका कारण संविधानप्रदत्त कानुन बन्न नसकेको जानकारी दिए । “नेपालमा कानुनी झन्झट छ भनेर विदेशबाट आएकाहरूले पनि भन्छन् । अलिअलि जटिलता पनि छ,” उनले भने । 

अध्यक्ष दाहालले आफू पदमा रहुन्जेल पदको गरिमा र राष्ट्रियसभाको गरिमा कायम गराउन सधैँ लागि पर्ने प्रतिबद्धता व्यक्त गरे । उनले राष्ट्रियसभाको गरिमा बढाउने र कामकाजी बनाउने काम आफू र अन्य ५८ सदस्यको मात्र नभएर सबै सरोकारवाला पक्षहरूको भएको भनाइ उनको थियो । 

अध्यक्ष दाहालले राष्ट्रियसभाले भनेजति काम नगरे पनि आफू असन्तुष्टै भइनसकेको जिकिर गरे । उनले सञ्चार माध्यममा पनि सभाले गरेका काम कारबाहीको कभरेज कम भएकोमा गुनासो गरे । “अन्य माननीयज्यूले पनि गुनासो गर्ने गर्नुभएको छ । मिडियामार्फत हाम्रा गतिविधिहरू गइदिए हुन्थ्यो भन्ने अपेक्षा सबैको छ,” उनले भने । 

राष्ट्रियसभाले आफूले आफूलाई चिनाउन आफैँ सुदृढ हुन जरुरी रहेकाले यसतर्फ ध्यान दिनुपर्ने भन्दै उनले आफ्नो कार्यकालमा अधिकतम राम्रो गर्ने प्रयास गर्ने र नराम्रो गर्‍यो भन्ने अवस्था आउन नदिने जिकिर गरे । 

त्यस्तै, उनले राष्ट्रियसभा सदस्यहरूलाई विज्ञ, ज्ञाता बनाउन निरन्तर छलफल गर्ने र राष्ट्रियसभालाई प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाए । “कति राम्रो गर्न सक्छु थाहा छैन । तर, नराम्रो गरेर चाहिँ म बाहिर जान्न,” उनले भने ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro