site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
यी हुन् ग्रामीण चलचित्र महोत्सवमा छनोट भएका चलचित्र 

काठमाडौं । ‘आफ्नै गाउँ, आफ्नै ठाँउ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने नाराका साथ सेलिब्रेटी नेपालको आयोजनामा वैशाख ६ देखि ८ गतेसम्म हुने तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव’मा अफिसियल सेलेक्सन भएका चलचित्रलाई सर्टिफिकेट प्रदान गरिएको छ । सोमबार प्रि–इभेन्ट आयोजना गर्दै प्रमाणपत्र प्रदान गरिएको हो । 

कार्यक्रममा उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चलचित्र क्षेत्रलाई सरकारले आवश्यक सहयोग गर्ने बताए । उनले कलाकार नै देशको गहना भएकाले सरकारले कलाकार र चलचित्र क्षेत्रलाई उद्योगको रूपमा विस्तार गर्ने लक्ष्य रहेको बताए । 

महोत्सवमा गाउँको कथावस्तुमा आधारित चलचित्र समेटिएको सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए । नेपाल ग्रामीण चलचित्र महोत्सव तीन वर्षदेखि सिनेमा घर नभएका जिल्लामा गाउँले परिवेशमा निर्माण गरिएका शर्ट फिल्म, डकुमेन्ट्री र फिचर फिल्मलाई सहभागी गराएर गाउँगाउँका दर्शकसमक्ष अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृस्ट फिल्मलाई अवार्ड प्रदान गरिँदै आएको छ ।

Dabur Nepal
NIC Asia

यस वर्ष रामेछाप नगरपालिका ८, रामेछाप बजार स्थित गौरिशंकर उच्च मा.वि.मा कार्यक्रम गरिने सापकोटाले बताए । 

महोत्सवमा छनोट भएका चलचित्र 

फिचर फिल्म
नाङ्गो गाउँ: दीपेन्द्र लामा
दिमाग खराब: निश्चल बस्नेत
बिच्छेद: सत्यराज चौलागाईँ
सतिदेवी: लक्ष्मण सुवेदी

शर्ट फिल्म
द डार्क बेकन: पवन केसी
सिगरेट: डब्बु क्षेत्री
सिपाईको छोरो: सुरज पौडेल
द ग्रेट मुखिया: असिम पौडेल
डिस्पेयर: शिव पुरी
रित्तो गाउँ: रामजी ज्ञावाली
आमा: परिच्छेद सेन
स्यालुट: अनुपराज राई
अन्तै माया: रणधीर श्रेष्ठ  

डकुमेन्ट्री फिल्म
आग्रे: अनिल बुढा मगर
स्नो लियोपार्ड: प्रदीप पोखरेल
इट्टा भट्टा: सुरेश डी मुखिया
बनकरिया: लक्ष्मी सुवेदी

भाषिक फिल्म
लिलामे माइला: भिम लामा
माराङ: बुद्धिया एस मगर
स्वयनगु: अमृतमान महर्जन
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ०६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro