site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
लक्ष्मी सन्‌राइज बैंकको आर्थिक वर्ष २०७९/८० को कार्बन उत्सर्जन प्रतिवेदन प्रकाशित

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले आर्थिक वर्ष २०७९/८० सम्मको सवारी साधन कर्जा तथा आवासीय कर्जाअन्तर्गत निष्कासित कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ ।

बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल पार्टनरसिप (पीसीएएफ) सँग २०२१ देखी आबद्व हुँदै आएको छ ।

Dabur Nepal
NIC Asia

पीसीएएफ वित्तीय संस्थाहरूको विश्वयापी साझेदारी समूह हो । जसले वित्तीय संस्थाहरूको कर्जा र लगानीका क्षेत्रहरूमार्फत उत्सर्जन हुने ग्रिन हाउस ग्यास (जीएचजी) को मूल्यांकन र सोको विवरणहरू संकलन र सार्वजनिक गर्ने काम गर्छ ।

लक्ष्मी सन्‌राइजको प्रकाशित भएको विवरणले बैंकको सवारी साधन कर्जा र आवासीय कर्जामार्फत गत आर्थिक वर्षसम्म (१६ जुलाई २०२३ सम्म) कुल १५ हजार ९६५.११ टन कार्बन डाइअक्साइड इक्विभ्यालेन्ट उत्सर्जन गरेको देखाएको छ । जसमध्ये सवारी साधन कर्जामार्फत तीन हजार ६४४.५१ टीसीओई र आवासीय कर्जामार्फत १२ हजार ३२०.६० टीसीओई कार्बन उत्सर्जन भएको छ ।

बैंकले आफ्नो कार्बन फुटप्रिन्टको पहिचानसँगै उत्सर्जन गरेको टीसीओईको असरलाई न्यूनीकरण गर्न पहल अगाडि बढाइसकेको छ । विभिन्न हरित परियोजनामा लगानी बढाउनुका साथै आफ्ना डिजिटल प्लेटफर्मको पहुँचलाई अझ सुगम र सुढृद बनाउने, पूर्ण/रूपमा डिजिटल बचत खाताहरूको सञ्चालन गर्ने र आफ्ना ग्राहकहरूलाई दिगो अभ्यासहरू गर्न प्रेरित गर्नेलगायतका कार्यहरू गर्दै आएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  २२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro