site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विश्वविद्यालयको छाता ऐन बनाउनुपर्छ : सांसद पौडेल
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विश्वविद्यालयको छाता ऐन बनाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमबारको बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले त्यस्तो ऐन बनाएर सोहीअनुसार विश्वविद्यालयहरू खोल्न सकिने व्यवस्था गरिनुपर्नेमा जोड दिए । नेपाल विश्वविद्यालयको औचित्यमाथि पनि उनले प्रश्न उठाए ।

उनले मानिसमा वास्तविक सीप भर्ने नयाँ तरिका नेपाल विश्वविद्यालयले के ल्याएको छ ? भनेर प्रश्न गरे । नेपालमा धेरै विश्वविद्यालय भइसकेका भन्दै उनले यति धेरै किन चाहियो ? भनेर पनि प्रश्न गरे ।

सांसद पौडेलले विधेयकमा विश्वविद्यालयले के विषयमा दक्ष जनशक्ति उत्पादन गर्ने भन्ने कुरा प्रस्ट रूपमा नआएको बताए । न्युज एजेन्सी नेपाल
 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro