site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बायर लेभरकुजेनलाई पहिलोपटक बुन्डेसलिगाको उपाधि
Sarbottam CementSarbottam Cement

काठमाडौं । जाभी अलोन्सोको प्रशिक्षणमा रहेको बायर लेभरकुजेन १२० वर्षको इतिहासमा जर्मन बुन्डेसलिगाको नयाँ च्याम्पियन बनेको छ ।

सोमबार घरेलु मैदानमा ५० हजारभन्दा बढी समर्थकमाझ लेभरकुसनले वार्डेर ब्रेमनलाई ५–० ले हराउदै क्लबको इतिहासमै पहिलोपटक लिगको उपाधि जितेको हो । घरेलु टिमको जितमा फोरिअन विर्टजले ह्याट्रिक गरे । ग्रानित जाका र भिक्टोर बोनिफेसले समान एक गोल थपे ।

Prabhu Bank
Agni Group
NIC Asia

जारी सिजन घरेलु लिगमा अपराजित लेभरकुसन पाँच खेलअगावै च्याम्पियन बनेको हो । लिगमा २९ मध्ये २५ खेलमा जित र चार बराबर खेल्दा लेभरकुजेनले ७९ अंक जोडेको छ । दोस्रो स्थानको बायर्न म्युनिखको भन्दा यो १६ अंक धेरै हो । २९ खेल खेल्दा बायर्नको ६३ अंक छ । बायर्न म्युखिनले विगत ११ सिजन लगातार उपाधि जितेको थियो ।

पहिलोपटक लिग च्याम्पियन बनेको लेभरकुसन समग्रमा बुन्डेसलिगाको उपाधि जित्ने १३औँ क्लब बनेको छ । सन् २००८–२००९ मा उल्फस्बर्गले जितेपछि बुन्डेसलिगाले नयाँ च्याम्पियन पाएको हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ०९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC