site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेयर कारोबारी न्यौपानेलाई सम्पत्ति शुद्धीकरणमा चार करोड असुल र एक वर्ष कैद हुने फैसला

काठमाडौं । विशेष अदालतले सेयर कारोबारी गुरुप्रसाद न्यौपानेलाई सम्पत्ति शुद्धीकरणमा दोषी ठहर गर्दै झन्डै चार करोड रुपैयाँ असुल हुने फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार न्यौपानेको सजाय निर्धारण गरेको हो ।

एक करोड ९९ लाख १० हजार २५२ बिगो कायम गरी त्यसको दोब्बर जरिवाना तीन करोड ९८ लाख २० हजार ५०४ रुपैयाँ असुल हुने फैसला गरिएको हो । त्यसबाहेक बिगोबमोजिमको सम्पत्ति जफत हुने पनि फैसलामा उल्लेख छ ।

उनलाई दुई वर्ष कैद सजाय सुनाइएको थियो । तर, उमेर ७३ वर्ष भएका कारण ज्येष्ठ नागरिक ऐनअनुसार ५० प्रतिशत कैद छुट पाउने हुँदा उनलाई एक वर्ष कैद निर्धारण गरिएको छ ।

न्यौपानेले रिडी हाइड्रोपावर डेभलपमेन्ट प्रालिको अध्यक्ष भएका बखत ९३४ हजार कित्ता सेयर बिक्री गरी धितोपत्र बजारमा प्रतिकूल प्रभाव पारी व्यक्तिगत रूपमा लाभ लिएको र सेयरधनीहरूलाई असर पारी गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गरिएको हो ।

“नेपाल धितोपत्र बोर्डले जारी गरेको एकीकृत संगठित संस्थाहरूको संस्थागत प्रशासनसम्बन्धी निर्देशिका, २०७४ को दफा १४ (६) मा कुनैकुनै व्यक्ति सञ्चालकको पदमा रहुन्जेल तथा सो पदबाट हटेको एक वर्षसम्म सोही संस्थाको सेयर, डिबेन्चर खरिद–बिक्री गर्न पाउने छैन भनी उल्लेख भएको पाइन्छ,” फैसलामा भनिएको छ, “अतः निज प्रतिवादीलाई बिगो एक करोड ९९ लाख १० हजार २५२ को दोब्बर तीन करोड ९९ लाख २० हजार ४०४ जरिवाना समेत हुने ठहर्छ ।”

फैसलामा अभियोगपत्रमा उल्लिखित सम्पत्तिबाट प्रतिवादीले शुद्धीकरण गरेको एक करोड ९९ लाख १० हजार २५४ रुपैयाँबराबरकोे सम्पत्ति ऐनको दफा ३४ (२) बमोजिय जफत हुने उलेख छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro