site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

झापा । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला समन्वय समिति झापाका पूर्वप्रमुख सोमनाथ पोर्तेलले गिरीविरुद्ध इलाका प्रहरी कार्यालय बिर्तामोडमा गएको चैत २८ गते जातीय आधारमा विभेद र अपमान गरेको भन्दै जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा उनलाई शनिबार साँझ बिर्तामोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

गिरीले पोर्तेललाई टेलिफोन संवादमार्फत जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ आकर्षण हुने गरी अभिव्यक्ति दिएको आधारमा पक्राउ गरिएको उनले जानकारी दिए ।

गएको चैत १८ गते हल्दिबारीमा भएको नेकपा (एमाले) हल्दिबारी गाउँपालिकाको बैठक सकाएर फर्किएका पोर्तेललाई गिरीले फोनबाट गालीगलौच गर्दै जातीय विभेद, अपमान हुने गरी अभिव्यक्ति दिएको आरोप छ । पक्राउ गरिएका गिरीलाई हाल इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान गरिरहेको प्रवक्ता चन्दले बताए ।

Global Ime bank

पोर्तेल नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सचिव र एमाले कोसी प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा छन् । केही दिनअघि नेपाल दलित संघ, मुक्ति समाज झापा, नेपाल दलित मुक्ति मोर्चा, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठन, दलित जागरण अभियान र ओरिफ नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै गिरीलाई तत्काल पक्राउ गरी कारबाहीको माग गरेका थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement